दैनिक समाचारदाता
जनकपुर, ६ असार ।
मधेश प्रदेश सरकार शिक्षा तथा समाज कल्याण मन्त्रालयले नवौं अन्तर्राष्ट्रिय योग दिवस २०८० बुधबार मनाएको छ ।
प्रदेश राजधानी जनकपुरधामस्थित राम मन्दिरको प्राङ्गनमा पंतजली योग समिति धनुषाको समन्व्य गरी मनाइएको हो ।
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्य तथा मन्त्रालयको सचिब लक्ष्मी भट्टराइको अध्यक्षतामा आयोजित कार्यक्रममा हजारौंको संख्यामा उपस्थित योगासन गर्ने व्यक्तित्वहरुलाई योग प्रशिक्षकद्वारा योगको कोर्ष गराइयो थियो ।
सो अवसरमा मन्त्री यादवले अगामी वर्षको योग दिवस भव्यता साथ मनाउने प्रतिवद्धता गर्दै विद्यालयदेखि विश्वविद्यालयसम्म योग सम्बन्धी विषय पाठ्यक्रममा राखेर पठन–पाठन गराउदा विद्यार्थीहरुमा रहेका कुलत व्यवहार समेत घटेर जाने सुझाव दिए ।
युवा अवस्थादेखि नै योगको अभ्यास गर्दा मानव समुदायमा आत्मबल मजबुत हुने र दक्ष जनशक्ति निर्माणमा टेवा पुग्ने उनको भनाई थियो ।
योग सम्बन्धी विषय पाठ्यक्रममा राख्न शिक्षा मन्त्रिको सुझाव
सारांश
- प्रदेश राजधानी जनकपुरधामस्थित राम मन्दिरको प्राङ्गनमा पंतजली योग समिति धनुषाको समन्व्य गरी मनाइएको हो ।
- मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्य तथा मन्त्रालयको सचिब लक्ष्मी भट्टराइको अध्यक्षतामा आयोजित कार्यक्रममा हजारौंको संख्यामा उपस्थित योगासन गर्ने व्यक्तित्वहरुलाई योग प्रशिक्षकद्वारा योगको कोर्ष गराइयो थियो ।
- सो अवसरमा मन्त्री यादवले अगामी वर्षको योग दिवस भव्यता साथ मनाउने प्रतिवद्धता गर्दै विद्यालयदेखि विश्वविद्यालयसम्म योग सम्बन्धी विषय पाठ्यक्रममा राखेर पठन–पाठन गराउदा विद्यार्थीहरुमा रहेका कुलत व्यवहार समेत घटेर जाने सुझाव दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया