चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध

राजविराज राजविराज
|
सोमबार, आषाढ २५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध

सारांश

  •     राजविराज वडा नं.
  • ८ स्थित रुपनी सडक खण्डको महेश लुइटेलको घर अगाडी शुक्रबार साँझदेखी उक्त मरेको बाछी रहेको छ ।
  • तर, स्थानिय पालिका र सम्बन्धीत वडाले मरेको बाछीलाई ब्यवस्थापन गर्न कुनै पहल नगरेको भन्दै स्थानियहरुले सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २५ असार । 

    विगत चार दिनदेखी मरेको बाछीलाई ब्यवस्थापन गर्न नसक्दा र मरेको बाछी गन्हाउन थालेपछि सोमबार बिहान ९ बजदेखी राजविराज वडा नं. ८ स्थित सडकखण्डमा स्थानियले चक्काजाम गरेका छन् । 

    राजविराज वडा नं. ८ स्थित रुपनी सडक खण्डको महेश लुइटेलको घर अगाडी शुक्रबार साँझदेखी उक्त मरेको बाछी रहेको छ । तर, स्थानिय पालिका र सम्बन्धीत वडाले मरेको बाछीलाई ब्यवस्थापन गर्न कुनै पहल नगरेको भन्दै स्थानियहरुले सो सडकखण्ड अवरुद्ध पारेका हुन् । 
    स्थानिय सुनिल परियारले भने, “चारदिन देखी मरेको बाछी वडा कार्यालयले उठाउन कुनै पहल नगरेको र शुक्रबार बिहानदेखी मरेको बाछी गन्हाउन थालेपछि बाध्य भई सडक अवरुद्ध गरेका हौं ।” 

    यस सम्बन्धमा वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डलसँग सम्पर्क गर्दा उनले आइतबार दिनभरी मरेको बाछीलाई व्यवस्थापन गर्न पहल गर्दा पनि कुनै साधन नभेटिएकोले अहिले नै मरेको बाछीलाई त्यहाबाट उठाउन पहल सुरु गरेको जानकारी दिए । 
    यसैबीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबिनसँग सम्पर्क गर्दा आफूलाई त्यस विषयमा जानकारी नभएको र कसैले पनि नभनेको भन्दै अहिले नै जेसिभी पठाएर मरेको बाछी उठाउने जानकारी दिइन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
रामदेव साह र उनका परिवारबाट पीडितहरुद्वारा प्रर्दशन र धर्ना, साहकी श्रीमती र छोरा धरौटीमा रिहा
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि 
राजरंगशालाको रुप फेर्ने तयारी
राजरंगशालाको रुप फेर्ने तयारी
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 
नेपालकै पहिलो टाउन प्लानिङ सहर ओरालो लाग्दै, व्यवस्थित गर्र्न जनप्रतिनिधि उदासिन 
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 
दलितहरुको अवस्थामा कुनै परिवर्तन नभएको भन्दै दलित अगुवाहरुको असन्तुष्टि 
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
निजि खर्चमा विपन्न वस्तीमा ट्युवेल जडान
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी
संविधान कार्यान्वयनप्रति संघीय सरकार नै उदासीन ः मन्त्री लेखी