भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी

राजविराज राजविराज
|
मंगलबार, आषाढ २६, २०८०
|
|
२४ पटक हेरिएको
Shares
भुक्तानी नपाएपछि राविनपामा दोश्रो  दिन पनि तालाबन्दी र धर्ना जारी

सारांश

  •     सोमवारदेखी राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गरी धर्नामा वसेका उपभोक्ता समिती तथा निर्माण व्यवसायीहरुले मंगलवार पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
  •       नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायीक भवन लगायत विभिन्न योजनाको काम गरेवापत भुक्तानी नपाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
  •       उपभोक्ता समितीका अध्यक्ष मध्येका एक विनोद कुमार यादवले दुई दिन देखी आफुहरु आन्दोलनमा वस्दा पनि नगरपालिकाका पदाधिकारीहरुले कुनै चासो नदेखएको गुनासो गरे ।

दैनिक समाचारदाता
राजविराज, २६ असार ।  
 
    विभिन्न निर्माण काम गरेवापतको रकम भुक्तानी नपाएपछी उपभोक्ता सिमिति तथा निर्माण व्यवसायीहरुले मंगलबार पनि राजविराज नगरपालिकामा तालाबन्दीका साथै धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । 
    सोमवारदेखी राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गरी धर्नामा वसेका उपभोक्ता समिती तथा निर्माण व्यवसायीहरुले मंगलवार पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । 
    नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायीक भवन लगायत विभिन्न योजनाको काम गरेवापत भुक्तानी नपाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् । 
    उपभोक्ता समितीका अध्यक्ष मध्येका एक विनोद कुमार यादवले दुई दिन देखी आफुहरु आन्दोलनमा वस्दा पनि नगरपालिकाका पदाधिकारीहरुले कुनै चासो नदेखएको गुनासो गरे । आफुहरुले काम गरेवापतको रकम भुक्तानी पाउने पर्ने एक सुत्रिय मागका साथ आन्दोलनमा उत्रिएका उनीहरुले यस्तै वेवास्ता गरिराख्ने हो भने अनसनमा उत्रिने समेत चेतावनी दिएका छन् । 
    भुक्तानीको अन्तिम समय आईतबार मध्यराती सम्म भुक्तानी नभएका कारण नगरपालिका मार्फत गरिएका काम मध्ये करिब १० करोड भन्दा बढीको भुक्तानी बाकी रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ ।   
    यता दुई दिन देखी नगरपालिका कार्यालय बन्द गरी धर्ना दिइदा नगरपालिकामा विभिन्न कामले आएका सेवाग्राही भने निराश भई फर्किने गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. राउतको बन्दीप्रत्यक्षिकरण निवेदन खारेज 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
तोकिएको समयमा काम सम्पन्न गराउन  निर्माण कम्पनीसँग लिखित प्रतिबद्धता 
कर्मचारी भर्ना सम्बन्धी ऐन २०७५ बहुमतले पारित
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
बाढी प्रभावित बनरझुलामा ६ सय ४७ पशु चौपायाको प्राथमिक उपचार
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट  नाबालकको मृत्यु
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव