आइडियलद्वारा २५ आइडिया सार्वजनिक

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
४६ पटक हेरिएको
Shares
आइडियलद्वारा २५ आइडिया सार्वजनिक

सारांश

  •     संस्थाले शुक्रबार रजत जयन्ति समारोहको अवसरमा २५ योजना कार्यक्रम सार्वजनिक गरेको हो ।
  • अभियान अन्तर्गत संस्थाले बाल बचतकर्ताको जन्मदिनको अवसरमा केक उपहार दिने, ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक बचतकर्तालाई न्यूनतम १ लाख भन्दा बढी बचत रकम पुगेमा निःशुल्क तिर्थाटन गराउने, नारी बचत खातामा न्यूनतम मौजदात ५० हजार राख्नेको १ लाखको दुर्घटना विमा गराउने लगायतका कार्यक्रम समेत समेटेको छ ।
  •       यस्तै आफ्ना ग्राहकका साथै सर्वसाधारणको हितमा श्रावण महिना र तिजका बेला महिलालाई संस्थाको तर्फबाट निःशुल्क मेहन्दी लगाउने व्यवस्था मिलाईने तथा समुदायलाई बाढीबाट जोगाउने उद्देश्यले स्थापना गरिएको पूर्व सूचना प्रणाली केन्द्रलाई ५० हजार रुपैयाँ थप सहयोग उपलब्ध गराउने योजना ल्याएको संस्थाका अध्यक्ष गणेश कुमार आशले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १९ साउन ।  

    आईडियल सहकारी संस्था लिमिटेड राजविराजले आफ्नो २५ औं वर्षिकोत्सवको अवसरमा २५ योजना सार्वजनिक गरेको छ । 
    संस्थाले शुक्रबार रजत जयन्ति समारोहको अवसरमा २५ योजना कार्यक्रम सार्वजनिक गरेको हो । अभियान अन्तर्गत संस्थाले बाल बचतकर्ताको जन्मदिनको अवसरमा केक उपहार दिने, ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक बचतकर्तालाई न्यूनतम १ लाख भन्दा बढी बचत रकम पुगेमा निःशुल्क तिर्थाटन गराउने, नारी बचत खातामा न्यूनतम मौजदात ५० हजार राख्नेको १ लाखको दुर्घटना विमा गराउने लगायतका कार्यक्रम समेत समेटेको छ । 
    यस्तै आफ्ना ग्राहकका साथै सर्वसाधारणको हितमा श्रावण महिना र तिजका बेला महिलालाई संस्थाको तर्फबाट निःशुल्क मेहन्दी लगाउने व्यवस्था मिलाईने तथा समुदायलाई बाढीबाट जोगाउने उद्देश्यले स्थापना गरिएको पूर्व सूचना प्रणाली केन्द्रलाई ५० हजार रुपैयाँ थप सहयोग उपलब्ध गराउने योजना ल्याएको संस्थाका अध्यक्ष गणेश कुमार आशले जानकारी दिए । 
    जलवायु परिवर्तन, रक्तदान, युवा लक्षित विशेष कार्यक्रम, सञ्चार क्षेत्र, स्वास्थ्य, शिक्षा, मैथिली भाषा साहित्यको विकास लगायतका २५ बुँदे कार्यक्रम समेटिएको उनले बताए ।     संस्था २४ वर्ष अघि २०५६ साल १९ साउनमा स्थापना भई सेवाग्राहीलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको बताएका अध्यक्ष आशले संस्थाको सबलता र सक्षमताका कारण गत आर्थिक वर्ष ०७९।८० मा ४ करोड ३५ लाख ७१ हजार ७ सय ११ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी समेत दिए । सहकारीताको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्दा तथा १४ हजार ४ सय २५ जना सदस्यहरुको विश्वास र कर्मचारीहरुको मिहिनेतकै बलमा यस्तो सफलता मिलेको उनले बताए । 
    कुल ११ करोड ३० लाख ४ सय रुपैयाँ शेयर पूँजी रहेको यस संस्थाले आफ्नो सदस्यहरुबाट ८५ करोड ९० लाख ३८ हजार ७ सय ७८ रुपैयाँ निक्षेप संकलन गरेको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक दिनेश प्रसाद साहले जानकारी दिए । यस्तै संस्थाले १ हजार २ सय ८३ जनालाई ८१ करोड ३६ लाख ७९ हजार ८ सय ५८ रुपैयाँ लगानी गर्दै कुल १ अर्ब २० करोड ३९ लाख ४५ हजार ७ सय २९ रुपैयाँ वासलात रहेको उनले जानकारी दिए । 
    रजत जयन्ति समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य शेखर कुमार सिंहले सहकार्य मार्फत सहकारीको विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परविन, संचालक समिति सदस्य शैलेश चौधरी, समाजसेवी ई. ईन्द्र नारायण देव, गैसस महासंघका केन्द्रीय उपाध्यक्ष धु्रव देव लगायतले शुभकामना दिएका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
मुख्यमन्त्रीलाई महामुर्ख र राजपा महासचिव सुमनलाई पटमुर्ख घोषणा
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
पत्रकारलाई दुव्र्यहार गरेका राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलबिरुद्ध प्रहरीमा जाहेरी
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु