नाम झैं सबल बन्दै सबल नेपाल

राजविराज राजविराज
|
सोमबार, श्रावण २९, २०८०
|
|
८३ पटक हेरिएको
Shares
नाम झैं सबल बन्दै सबल नेपाल

सारांश

  •     जिल्लाको सरसफाई क्षेत्रमा स्वयम्सेवी रुपमा काम सुरु गरेको सबल नेपाल शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई, विपद् ब्यवस्थापन, जिविकोपार्जन, जलवायु परिवर्तन, बाल प्रायोजक लगायतको विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ ।
  • हाम्रो चाहना समृद्ध समाजको स्थापना नारालाई आत्मसात गर्दै कार्यरत रहेको सबल नेपाल नाम अनुसार नै काम गरिरहेको गैर सरकारी संस्था महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष ध्रुवप्रसाद देवको कथन छ ।
  •     हुन त गैरसरकारी संस्थाहरुले समय समयमा आरोप नखेपेको भने होइन ।

राजेश झा
    “मलाई दुई चार जनाको अगाडि उभिएर बोल्न धेरै डर लाग्ने गरेको थियो । आफूभन्दा ठूला बडाको अगाडी पनि बोल्नु पर्दा धेरै डराउँथे । पछिल्लो करिब पाँच बर्षदेखि मेरो त्यो डर हराएको मैले महसुस गरेको छु । अब त अगाडि कति छन्, को को छन् भनेर मलाई कुनै फरक पर्दैन । निर्धक्क भएर आफ्नो कुरा बोल्ने राख्ने गरेको छु । ममा त्यो परिवर्तन ल्याउन सबल नेपालको महत्वपूर्ण योगदान छ । बाल क्लबका सदस्यहरुको क्षमता विकास लगायतको तालिमहरुमा सहभागी भएपछि ममा त्यो परिवर्तन आएको हो । अब कसैको अगाडि पनि बोल्न सक्ने भएकी छु ।” सबल नेपालको १८औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै जिल्ला बाल क्लब सञ्जालकी सचिव मन्जुला साहले यसरी आफ्नो कुरा राखि रहँदा हलमा तालीको गडगडाहटले गुन्जयमान भएको थियो । सञ्जालका जिल्ला अध्यक्ष सलमा खातुनले पनि आफूलाई अब बोल्न डर नलाग्ने गरेको बताइन् । 

    बाल्यावस्था पार गरेर किशोरावस्थामा पाइला टेकेको सबल नेपालले सप्तरीको पश्चिमी र दक्षिणी भेगमा शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई, विपद् ब्यवस्थापन लगायतको विभिन्न बिषयगत क्षेत्रमा कार्यरत रहेको छ । राजविराजस्थित लेखनाथ आदर्श पुस्तकालयको एउटा सानो कोठामा सञ्चालनमा रहेको बाल चेतना समूहमा आबद्ध किशोरावस्थाका ब्यक्तिहरुले आफ्नो अध्ययन पश्चात् २०६२ साल कात्तिकमा स्थापना गरेको सबल नेपाल नामक गैरसरकारी संस्था अहिले तीन वटा जिल्लामा कार्यरत रहेको छ । सप्तरी जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको सबल नेपाल सिरहा र महोत्तरीमा समेत शाखा विस्तार गरी कार्यरत रहेको छ ।
    जिल्लाको सरसफाई क्षेत्रमा स्वयम्सेवी रुपमा काम सुरु गरेको सबल नेपाल शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई, विपद् ब्यवस्थापन, जिविकोपार्जन, जलवायु परिवर्तन, बाल प्रायोजक लगायतको विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ । हाम्रो चाहना समृद्ध समाजको स्थापना नारालाई आत्मसात गर्दै कार्यरत रहेको सबल नेपाल नाम अनुसार नै काम गरिरहेको गैर सरकारी संस्था महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष ध्रुवप्रसाद देवको कथन छ ।
    हुन त गैरसरकारी संस्थाहरुले समय समयमा आरोप नखेपेको भने होइन । सबल नेपालले पनि सरसफाई क्षेत्रमा कार्य गर्दा सुरुमा विभिन्न खाले आरोप खेपेको थियो । तर, संस्थाले गरेको कामलाई हेर्दा सबै आरोप मिथ्या साबित भएको थियो । समाजको विकासमा गैरसरकारी संस्थाको महत्वपूर्ण योगदान रहेको छ । सबल नेपालले पनि समाज विकासको आफ्नो दायित्वलाई निर्वाह गर्दै आएको छ । जिल्लाको शिक्षा क्षेत्रको विकासमा सबल नेपालको पनि महत्वपूर्ण भूमिका रहेको छ । विद्यालयहरुमा बालविकास केन्द्र भवन निर्माण होस् वा स्वास्थ्य संस्थाको स्तरोन्नतिको काम होस् सबल नेपालले ती क्षेत्रहरुमा विभिन्न दातृ निकाय तथा विकास साझेदारहरुसँगको सहयोग एवम् समन्वयमा उल्लेख्य काम गर्दै आएको छ । 
    जिल्लामा विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्ने केही गैरसरकारी संस्थाहरु मध्ये अग्रणी स्थानमा रहेको छ । जिल्लामा समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीलाई भित्र्याउन पनि योगदान गरेको छ । युनिसेफ र तिलाठी कोइलाडी गाउँपालिकाको आर्थिक सहयोगमा सबल नेपालले ईसिमोडसँगको प्राविधिक सहयोगमा खाँडो खोलामा समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली जडान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
    युवाहरुले टिमले सञ्चालन गरिरहेको सबल नेपाल नाम अनुरुप नै काम पनि गरिरहेको छ । आगामी दिनमा पनि अझ सबल हुँदै जिल्लाको समग्र विकासमा योगदान गर्दै जाओस् । किशोरावस्थामा प्रवेश गरेको सबल नेपाल वयस्क हुँदै प्रगति गरोस् । जिल्ला बाल क्लब सञ्जालका सचिव मन्जुला साहले भने झैं सबलले बालबालिकाहरुको बालअधिकार प्रबद्र्धन लगायतको क्षेत्रमा महत्वपूर्ण योगदान गरोस् । शुभकामना ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
माफीनामापछि पत्रकार धम्काउने मण्डल हिरासतबाट रिहा 
एक पदका लागी नौं जनाको उम्मेदवारी,  राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार
जंगली हात्ति धपाउन  चार राउण्ड हवाई फायर 
एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
विद्यालय भवनको छतमा प्लाष्टर र सिढी नबनाई रकम निकासा 
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
काठमाडौंका दुई स्थानमा बम विस्फोट चारको मृत्यु, ६ जना घाइते
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न

छुटाउनुभयो कि ?

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी