समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 

राजविराज राजविराज
|
बिहिबार, भाद्र २८, २०८०
|
|
२३ पटक हेरिएको
Shares
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 

सारांश

  •     सप्तरीको खडक नगरपालिकाको खरचुइया बजारमा बिहीबार पार्टीको नगर समितिद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       उनले एमाले पार्टी अब सुध्रीने अवस्थामा नरहेकोले तथा कम्युिनष्ट विचारकहरूको पार्टी नभएकोले इमान्दार कार्यकताहरू एमाले छाड्दै नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेको बताए ।
  •     पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने दावीका साथ सरकार बिरोधी कुनै पनि भ्रमका पछाडि लाग्न आवश्यक नरहेको बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ भदौ । 

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आवहान गरेका छन् । 
    सप्तरीको खडक नगरपालिकाको खरचुइया बजारमा बिहीबार पार्टीको नगर समितिद्वारा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    उनले एमाले पार्टी अब सुध्रीने अवस्थामा नरहेकोले तथा कम्युिनष्ट विचारकहरूको पार्टी नभएकोले इमान्दार कार्यकताहरू एमाले छाड्दै नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेको बताए ।
    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने दावीका साथ सरकार बिरोधी कुनै पनि भ्रमका पछाडि लाग्न आवश्यक नरहेको बताएका छन् ।
    उनले बडो मिहिनेतका साथ यो सरकार निर्माण भएकोले पाँच वर्षसम्म टिक्ने कुरामा कुनै शंका नलिन सबैमा आग्रह समेत गरे । नेता नेपालले सबै वर्ग समूदायका पक्षमा सरकारले काम गर्न आवश्यक रहेको बताउँदै विशेष गरी विपन्न, दलित, महिला, आदिवासी जनजातीका समस्या समाधानमा सरकारले बढी ध्यान दिनु पर्नेमा जोड दिए । 
    मुलुकमा समाजवादी अभियानको आवश्यकता रहेको बताउँदै उनले त्यसकै लागि समाजवादी मोर्चा गठन गरिएको स्पष्ट पनि पारे । आगामी असोज १४ गतेबाट मेची महाकाली समाजवादी अभियान चलाईने उद्घोषका साथ नेता नेपालले जनजनमा यसको औचित्य र आवश्यकता स्थापित गर्न आवश्यक रहेको जिकिर गरे । 
    नगर समितिका अध्यक्ष बिजयकुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, सचिव नागेन्द्र प्रसाद चौधरी, स्थायी कमिटी सदस्य रामप्रित पासवान, केन्द्रिय सदस्य एवं मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द न्यौपाने समेतले शुभकामना मन्तव्य दिएका थिए । 
    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि आएका नवप्रवेशिहरुलाई प्रमुख अतिथि अध्यक्ष नेपालले फुलमाला लगाई स्वागत गरे । नेकपा एमालेका जिल्ला सदस्य एयुव राइन, बलराम चौधरी, लोसपाका ननु चौधरी कलवार, काँग्रेसका हासिम मियाँसहित पाँच सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरि नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
बालबालिकालाई विपद् ब्यवस्थापन सम्बन्धी तालिम
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल
सधै घुँइचो लाग्ने शिक्षा कार्यालय अहिले सुनसान 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
गठबन्धनको सरकारमा पालैपालो तीन दलले नेतृत्व गर्ने सहमति ः नेता निधि 
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण
संसद विकास कोष योजनाको आयब्यय सार्वजनिक गर्ने पहिलो प्रदेश सांसद बनिन् माला कर्ण
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
एक हजार तीन सय गाँजाका बोट फडान
एक हजार तीन सय गाँजाका बोट फडान
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग