जिर्ण सडकका कारण ट्रक पल्टियो

राजविराज राजविराज
|
बुधबार, आश्विन १७, २०८०
|
|
६४ पटक हेरिएको
Shares
जिर्ण सडकका कारण ट्रक पल्टियो

सारांश

  •     गिटी बोकेको ना.
  • ७ख.
  • ४६५ नम्बरको ट्रक राजविराज–छिन्नमस्ता सडकको बोरिया चौक नजिकै पल्टिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 

    राजविराज–छिन्नमस्ता सडक खण्डमा बुधबार बिहान एक मालबाहक ट्रक पल्टिएको छ । जिर्ण सडकका कारण सो दुर्घटना भएको स्थानीयले बताएका छन् । 
    गिटी बोकेको ना.७ख.४६५ नम्बरको ट्रक राजविराज–छिन्नमस्ता सडकको बोरिया चौक नजिकै पल्टिएको हो । दुर्घटनामा ट्रक चालक सामान्य घाइते भएका छन् भने ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ । 
    राजविराजदेखी छिन्नमस्ता ११ किलोमिटरको दुरीमा पर्दछ । सडकको दर्जनौं स्थानमा भएको खाल्डाखुल्डीका कारण यसअघि पनि कयौं सवारीसाधन दुर्घटनामा पर्ने गरेको भन्दै स्थानीयले अविलम्ब उक्त जिर्ण सडकको मर्मत गर्नुपर्ने माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ