दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
चैत १ गतेदेखी हराइरहेका सप्तरीका एक बालकको भारतबाट उद्दार गरि परिवारजनको जिम्मा लगाइएको छ ।
सप्तरीको राजगढ गाउँपालिका ६ फकिरा टोल निवासी १२ वर्षिय बालक राजकुमार रामको भारत बिहार राज्यको दरभंगाबाट उद्दार गरि आइतबार स्थानिय प्रशासनले परिवारको जिम्मा लगाएको हो ।
फकिराबाट दिदीलाई भेट्न चैत १ गते सीमावर्ती भारतीय बजार लौकहीतर्फ जाने क्रममा भुलवस बालक राम दरभंगा जाने बसमा चढेका थिए । गाडीमै निदाएका उनलाई चालकले दरभंगा पुगेपछि रेल्वे स्टेशन चौक नजिक ओरालेका थिए ।
नयाँ ठाउँमा ओर्लेर अलपत्र परेका उनलाई भारतीय रेल्वे प्रहरीले सोही दिन राती ११ बजे तिर दरभंगास्थित बाल कल्याण विभागको जिम्मा लगाएको थियो । विभागले बालक रामसँग आवश्यक विवरण बुझ्दै त्यसबारे जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरेको थियो ।
भारतको दरभंगाबाट विभाग मार्फत खबर हुना साथ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आवश्यक कागजातसहित बाल कल्याण समिति सप्तरीका सदस्य सचिव बैजनाथ झालाई त्यसतर्फ पठाएका थिए ।
बालक रामलाई लिएर झा फर्केपछि आइतबार जिल्ला प्रशासन कार्यालयमा आफन्तलाई जिम्मा लगाइएको छ । हराएको १६ औं दिनपछि भएको परिवारिक मेलले बालकसँगै आमा बुबा निकै हर्षित देखिन्थे ।
दुई सातापछि भारतबाट बालक रामको उद्धार
सारांश
- सप्तरीको राजगढ गाउँपालिका ६ फकिरा टोल निवासी १२ वर्षिय बालक राजकुमार रामको भारत बिहार राज्यको दरभंगाबाट उद्दार गरि आइतबार स्थानिय प्रशासनले परिवारको जिम्मा लगाएको हो ।
- फकिराबाट दिदीलाई भेट्न चैत १ गते सीमावर्ती भारतीय बजार लौकहीतर्फ जाने क्रममा भुलवस बालक राम दरभंगा जाने बसमा चढेका थिए ।
- गाडीमै निदाएका उनलाई चालकले दरभंगा पुगेपछि रेल्वे स्टेशन चौक नजिक ओरालेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया