दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा संचालित निःशुल्क मुटु रोग स्वास्थ्य शिविरबाट १ हजार १ सय भन्दा बाढी विरामी लाभान्वित भएका छन् ।
जयन्ती स्मृति प्रतिष्ठानको आयोजना, मनमोहन कार्डियो थेरापिक मस्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग एवं गजेन्द्र नारायण सिह अस्पतालको समन्वयमा संचालित चार दिने शिविरमा १ हजार १ सय ८६ जना विरामीले निःशुल्क सेवा प्राप्त गरेका छन् ।
मुटु रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न न सकेका गरिब, विपन्न परिवारहरुका लागी लक्षित गरी आईतवार देखि चलाइएको शिविरको अन्तिम दिन बुधबार सम्म त्यसमात्रामा विरामीहरुले निःशुल्क चेकचाँच सेवा तथा औषधी पाएको प्रतिष्ठानकी प्रबन्धक निर्देशक श्रीमती आयुषा कटुवालले जानकारी दिइन ।
शिविरमा बरिष्ट मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराई, डा.रविन कुमार बराल, डा.सोभित थापा, डा.दिनेश उप्रेती, डा.क्षितिज राज पुडासैनी, डा.रामहरी केसी, डा.प्रभा मोक्तान, डा.स्वस्तिका हुमागाई सहितको १६ सदस्यीय टोलीले स्वास्थ्य सेवा प्रदान गरेको प्रतिष्ठानका प्रतिनिधी दिपक थापाले बताए । स्थास्थ्य सुचाङ्कमा सप्तरी निकै पछाडी रहेको तथा गरिब र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरी शिविर आयोजना गरीएको प्रतिष्ठानले जनाएको छ ।
मुटु रोगको निःशुल्क शिविरबाट एक हजार भन्दा बढीले पाए उपचार
सारांश
- जयन्ती स्मृति प्रतिष्ठानको आयोजना, मनमोहन कार्डियो थेरापिक मस्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग एवं गजेन्द्र नारायण सिह अस्पतालको समन्वयमा संचालित चार दिने शिविरमा १ हजार १ सय ८६ जना विरामीले निःशुल्क सेवा प्राप्त गरेका छन् ।
- मुटु रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न न सकेका गरिब, विपन्न परिवारहरुका लागी लक्षित गरी आईतवार देखि चलाइएको शिविरको अन्तिम दिन बुधबार सम्म त्यसमात्रामा विरामीहरुले निःशुल्क चेकचाँच सेवा तथा औषधी पाएको प्रतिष्ठानकी प्रबन्धक निर्देशक श्रीमती आयुषा कटुवालले जानकारी दिइन ।
- शिविरमा बरिष्ट मुटु रोग विशेषज्ञ डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया