स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 

राजविराज राजविराज
|
आइतबार, मंसिर १०, २०८०
|
|
११२ पटक हेरिएको
Shares
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 

सारांश

  •     आर्थिक बर्ष २०७९÷०८० को स्वास्थ्यतर्फ सम्पन्न कार्यक्रमहरुको समिक्षा तथा आगामी बर्षको लागि योजना निर्माण गर्न बार्षिक समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले सो जानकारी दिएका हुन् ।
  •       बार्षिक समिक्षा गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मण्डलले सीमित स्रोत र साधनको बावजुदपनि १८ वटा पालिकामध्ये तिलाठी कोइलाडी गाउँपालिकाले जिल्लामा दोस्रो स्थान हासिल गरेकोमा स्वास्थ्यकर्मीहरुलाई बधाई दिए ।
  •       उनले विगतमा देखिएका कमीकमजोरीहरुलाई सच्याउँदै आगामी दिनमा प्रभावकारी र जनमूखी स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।

    स्वास्थ्यतर्फ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका सप्तरी जिल्लामा दोश्रो स्थान हासिल गरेको छ ।  
    आर्थिक बर्ष २०७९÷०८० को स्वास्थ्यतर्फ सम्पन्न कार्यक्रमहरुको समिक्षा तथा आगामी बर्षको लागि योजना निर्माण गर्न बार्षिक समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले सो जानकारी दिएका हुन् । 
    बार्षिक समिक्षा गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मण्डलले सीमित स्रोत र साधनको बावजुदपनि १८ वटा पालिकामध्ये तिलाठी कोइलाडी गाउँपालिकाले जिल्लामा दोस्रो स्थान हासिल गरेकोमा स्वास्थ्यकर्मीहरुलाई बधाई दिए । 
    उनले विगतमा देखिएका कमीकमजोरीहरुलाई सच्याउँदै आगामी दिनमा प्रभावकारी र जनमूखी स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन समेत दिए । 
    कार्यक्रममा स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जनताको गुनासो नआउने हिसाबले स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे । 
    तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साह, वडा नं. ४ का अध्यक्ष मुनिलाल मुखिया, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झासहितकाले मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा स्वास्थ्य शाखाका दिपककुमार मण्डलले गाउँपालिकाका समग्र स्वास्थ्य अवस्थाबारे प्रस्तुतीकरण गरे । 
    गाउँपालिकाको ८ वटै स्वास्थ्य संस्थामध्ये उत्कृष्ट हुने स्वास्थ्य संस्थालाई पुरस्कृत गर्न स्वास्थ्य कार्यालयका प्रमुख देवकान्त झा, जनस्वास्थ्य अधिकृत हरेन्द्र साह र गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख भूपेन्द्र झा सहितको एक चयन समिति गठन गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको सामानसहित गाडी र चालक प्रहरी नियन्त्रणमा 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
परम्परागत सामग्रीसहित झाँकी प्रर्दशन
परम्परागत सामग्रीसहित झाँकी प्रर्दशन
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
ग्यास सिलिण्डर लिकहुँदा आगलागि
ग्यास सिलिण्डर लिकहुँदा आगलागि
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु