प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन

राजविराज राजविराज
|
मंगलबार, मंसिर २६, २०८०
|
|
२२ पटक हेरिएको
Shares
प्रतिष्ठान निर्माणका लागि दबाब स्वरुप संकलित १० हजार हस्ताक्षरसहित प्रर्दशन

सारांश

  •     लामो समयदेखि प्रतिष्ठान निर्माणको काम रोकिदा पनि वास्ता नगरेको भन्दै ७ दिन सम्म चलाइएको हस्ताक्षर अभियानको अन्तिम दिन मंगलवारसम्म संकलित १० हजार हस्ताक्षर गरिएको ब्यानरसहित प्रर्दशन गरिएको हो ।
  •       सप्तरी यूथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा गरिएको प्रर्दशनमा यूवाहरुका साथै विद्यार्थी, जनप्रतिनिधी, राजनीति दलका स्थानीय नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
  •     प्रर्दशनपछि आयोजित कोण सभालाई राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, स्ववीयु सभापती रंजीत यादव, सप्तरी यूथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादव, आन्दोलन परिचालन समितिका अध्यक्ष सत्येन्द्र यादव लगायतले सम्बोधन गर्दै प्रतिष्ठान निर्माणको कार्य अविलम्व सुरु नगरिए आन्दोलन सशक्त ढंगले अघि बढाउने चेतावनी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।

    राजविराज वडा नं. १० बिरोलमा शिलान्यास गरेर अलपत्र छाडिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सूरु गर्न माँग गर्र्दै आन्दोलनरत यूवाहरुले मंगलवार संकलित १० हजार हस्ताक्षरसहित राजविराजमा प्रर्दशन गरेका छन् । 
    लामो समयदेखि प्रतिष्ठान निर्माणको काम रोकिदा पनि वास्ता नगरेको भन्दै ७ दिन सम्म चलाइएको हस्ताक्षर अभियानको अन्तिम दिन मंगलवारसम्म संकलित १० हजार हस्ताक्षर गरिएको ब्यानरसहित प्रर्दशन गरिएको हो । 
    सप्तरी यूथ नेपालद्वारा गठित आन्दोलन परिचालन समितिको अगुवाईमा गरिएको प्रर्दशनमा यूवाहरुका साथै विद्यार्थी, जनप्रतिनिधी, राजनीति दलका स्थानीय नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
    प्रर्दशनपछि आयोजित कोण सभालाई राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, स्ववीयु सभापती रंजीत यादव, सप्तरी यूथ नेपालका कार्यवाहक अध्यक्ष मोहन यादव, आन्दोलन परिचालन समितिका अध्यक्ष सत्येन्द्र यादव लगायतले सम्बोधन गर्दै प्रतिष्ठान निर्माणको कार्य अविलम्व सुरु नगरिए आन्दोलन सशक्त ढंगले अघि बढाउने चेतावनी समेत दिए । 
    यता प्रतिष्ठान निर्माणको काम अविलम्ब सुचारु गराउन माँग राखी स्थानीयवासीद्वारा गठित संघर्ष समितिले गत असोज २६ देखि थालेको रिले अनशनलाई ६० औं दिन मंगलवार पनि निरन्तरता दिएका छन् । माँग पुरा नभएसम्म रिले अनशन चलिरहने संघर्ष समितिका संयोजक राम कुमार दासले जनाएका छन् । 
    २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
प्रिमियर लिगमा राजबिराज वडा नं. ३ र लायन्स टिम बिजयी
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
कर्मचारी पदपूर्ती सम्बन्धी प्रकाशित सूचनाको विषयलाई  लिएर अस्पताल प्रमुखको कार्यकक्षमा तालाबन्दी
स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद 
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद 
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव