हटियामा सेड निर्माण कार्य रोक्का गर्न अदालतको अन्तरिम आदेश

राजविराज राजविराज
|
मंगलबार, चैत्र २६, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  •     हटियावासीको तर्फबाट दायर रिट निवेदन उपरको प्रारम्भिक सुनुवाईमा उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश सिताराम मण्डलको एकल इजलाशले हटियाको सेड निर्माण कार्य रोक्न अन्तरिम आदेश जारि गरेको हो ।
  •       स्थानिय माधवप्रसाद साह र विशेश्वर प्रसाद चौधरीले राजविराज नगरपालिकाको कार्यालय, नगर प्रमुख शम्भु प्रसाद यादव, ७ नं.
  • वडा कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र ठेकेदार कम्पनीलाई समेत विपक्षी बनाई चैत १० मा निषेधाज्ञा मिश्रित उत्प्रेशन युक्त परमादेश मुद्दा दायर गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 
    उच्च अदालत जनकपुर राजविराज इजलाशले राजविराज हटिया बजारमा मनपरी ढंगले भइरहेको सेड निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । 
    हटियावासीको तर्फबाट दायर रिट निवेदन उपरको प्रारम्भिक सुनुवाईमा उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश सिताराम मण्डलको एकल इजलाशले हटियाको सेड निर्माण कार्य रोक्न अन्तरिम आदेश जारि गरेको हो । 
    स्थानिय माधवप्रसाद साह र विशेश्वर प्रसाद चौधरीले राजविराज नगरपालिकाको कार्यालय, नगर प्रमुख शम्भु प्रसाद यादव, ७ नं. वडा कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र ठेकेदार कम्पनीलाई समेत विपक्षी बनाई चैत १० मा निषेधाज्ञा मिश्रित उत्प्रेशन युक्त परमादेश मुद्दा दायर गरेका थिए । 
    हाल राजविराज ७ स्थित हटिया बजारमा भइरहेको सेड निर्माण कार्य स्टिमेट र नक्शासँग मेल नखाएको, दुई तल्ले सेड निर्माणले हटिया प्रवेश गर्ने सडकहरु झन साघँुरो बनाएको, हटियास्थित ऐतिहासिक लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको सौन्र्दयतालाई छोपेको, बन्न लागेको सेड निर्माणले भुकम्प, आगलागिलगायतका दैविक प्रकोपबाट हुन सक्ने सम्भावित जोखिमको ख्याल नगरिएको तथा आवागमनमा समेत लामो समयका लागि अवरोध उत्पन्न गराएको दायर गरिएको मुद्दामा उल्लेख छ ।
    सो मुद्दा उपर सुनुवाई गर्दै न्यायाधिश मण्डलले सार्वजनिक सरोकारसँग सम्बन्धित विषय रहेकाले दुबै पक्षलाई आगामी ३ बैशाखमा छलफलका लागि बोलाइने तथा सो अवधीसम्मका लागि सेड निर्माण कार्य नगर्नु÷नगराउनु भनी विपक्षिको नाममा अन्तरिम आदेश जारि गरिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ