बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही

राजविराज राजविराज
|
सोमबार, माघ २९, २०८०
|
|
४५ पटक हेरिएको
Shares
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही

सारांश

  •     बोर्डका प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता निशानराज गौतमले सोमबार एक विज्ञप्ति जारि गरि काठमाडौंस्थित अनामनगरका कोकिल मिडिया एजेन्सीलाई कारवाही गरिएको जनाएको छन् ।
  •       विज्ञप्तिमा दश हजार रुपैया जरिबाना र २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का गर्ने निर्णय समेत गरेको उल्लेख छ ।
  •       नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चायर केन्द्र, टेकु, काठमाडौँसंग उक्त एजेन्सीले मिति २०८०÷०६÷१२ मा गरेको सम्झौतामा उल्लेखित रकम भन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले उक्त जरिबाना गरिएको जारि विज्ञप्तिमा जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ ।

    सम्झौतामा उल्लेखित रकमभन्दा बढी सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको भन्दै एक एजेन्सीलाई विज्ञापन बोर्डले कारवाही गरेको छ । 
    बोर्डका प्रमुख प्रशासकीय अधिकृत एवं प्रवक्ता निशानराज गौतमले सोमबार एक विज्ञप्ति जारि गरि काठमाडौंस्थित अनामनगरका कोकिल मिडिया एजेन्सीलाई कारवाही गरिएको जनाएको छन् । 
    विज्ञप्तिमा दश हजार रुपैया जरिबाना र २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्का गर्ने निर्णय समेत गरेको उल्लेख छ । 
    नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चायर केन्द्र, टेकु, काठमाडौँसंग उक्त एजेन्सीले मिति २०८०÷०६÷१२ मा गरेको सम्झौतामा उल्लेखित रकम भन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले उक्त जरिबाना गरिएको जारि विज्ञप्तिमा जनाइएको छ ।     उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारण वापत प्रति स्पट रु.१०६।६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट रु.११।११ मा प्रसारण आदेश दिई प्रति स्पट रु.९८।५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारवाहीको निर्णय गरेको हो ।
    यस्तै विज्ञप्तिमा उक्त एजेन्सीले ५२ वटा एफएम रेडियोबाट विज्ञापन प्रसारण गर्नु पर्नेमा २० वटा एफएम रेडियोमा मात्र विज्ञापन प्रसारणको आदेश दिएको पाईएकोले बोर्डको २०८० साल माघ १९ गते बसेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली २०७७ (पहिलो संशोधनसमेत) को नियम ११ ख को उपनियम (१)बमोजिम २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोवार रोक्को राख्ने र सो अवधिसम्म उक्त एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको जनाइएको छ । 
    बोर्डले २०८१ साल असार मसान्त सम्म कोकिल मिडियासंग कुनैपनि प्रकारको विज्ञापन कारोवार नगर्न नगराउनु हुन सबै विज्ञापनदाता तथा सञ्चार माध्यममा अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात लाख बढी मुल्य बराबरको प्याज बरामद
सात लाख बढी मुल्य बराबरको प्याज बरामद
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
बुद्धिजिवी एवं पेशाकर्मीहरुको  आन्दोलन संयोजन समिति गठन
हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 
हत्याका दोषीलाई  कारवाहीको माग गर्दै ज्ञापन 
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
जिल्लालाई पूर्ण सरसफाई बनाउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्नेमा जोड
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
खाद्य स्वच्छता कायम गर्न होटलहरुमा अनुगमन तथा स्तरिकरण स्टिकर टाँस
खाद्य स्वच्छता कायम गर्न होटलहरुमा अनुगमन तथा स्तरिकरण स्टिकर टाँस