दैनिक समाचारदाता
राजविराज, ५ वैशाख ।
नेपाल पत्रकार महासंघले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरेको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाइमा सो दफा खारेजीको माँग गर्दै बिहीबार बिहान ९ः३० देखी १०ः३० सम्म जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएको छ ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले समाचार लेखेकै कारण पत्रकारलाई धरपकड गरी दुःख दिने कार्य तत्काल रोक्नुपर्ने माग गरे । पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर सङ्घर्षका कार्यक्रम चलाएको छ ।
सो धर्ना कार्यक्रममा महासंघका केन्द्रिय सदस्य अवधेश झा, महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, वरिष्ठ पत्रकारद्वय शिवहरि प्रसाद भट्टराई, बैजनाथ झा, महासंघका प्रदेश सचिव रामनारायण विश्वास, प्रदेश सदस्य ललिता साहलगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
पत्रकार महासंंघद्वारा विद्युतीय कारोवार ऐन खारेजीको माग
सारांश
- नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाइमा सो दफा खारेजीको माँग गर्दै बिहीबार बिहान ९ः३० देखी १०ः३० सम्म जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएको छ ।
- पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले समाचार लेखेकै कारण पत्रकारलाई धरपकड गरी दुःख दिने कार्य तत्काल रोक्नुपर्ने माग गरे ।
- पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक पटक पक्राउ गर्ने क्रम बढेको छ भन्दै उक्त दफा खारेजीको माग गर्दै देशभर सङ्घर्षका कार्यक्रम चलाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया