दैनिक समाचारदाता
महोत्तरी, २७ बैशाख ।
महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध अख्तियार अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।
आयोगले नगरपालिका वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख सुरेशसाह सोनार, उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
आयोगले वडा नं. १ का अध्यक्ष अनिलकुमार झा, नगरपालिकाका अधिकृत छैठौँ धिरेन्द्र झा, बरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी विरुद्द अदालतमा मुद्दा दायर गरिएको आयोगका सहसचिव एव प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
जलेश्वर नगरपालिकाबाट आर्थिक वर्ष २०७९÷८० मा सञ्चालित योजनामा वास्तविक भए गरेको कामभन्दा बढी कार्य गरेको भनी नक्कली विवरण खडा गरेर भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता घिमिरेले बताए ।
उनका अनुसार अख्तियारले उक्त योजनामा भएको काम भन्दा पाँच लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बढी भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो माग दाबी गरेको छ ।
जलेश्वरका मेयर, उपमेयरसहित १२ जना बिरुद्ध भ्रष्टचार सम्बन्धी मुद्दा दायर
सारांश
- आयोगले नगरपालिका वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख सुरेशसाह सोनार, उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
- आयोगले वडा नं.
- १ का अध्यक्ष अनिलकुमार झा, नगरपालिकाका अधिकृत छैठौँ धिरेन्द्र झा, बरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी विरुद्द अदालतमा मुद्दा दायर गरिएको आयोगका सहसचिव एव प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया