दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
५२औं विश्व वातावरण दिवसको अवसरमा सबल नेपालद्वारा सप्तरी तथा सिरहा जिल्लाका विभिन्न पालिका तथा विद्यालयहरुमा विविध क्रियाकलापहरु संचालन गरिएको छ ।
“हाम्रो भूमि, हाम्रो भविष्य” भन्ने मूल नाराका साथ विभिन्न समुदाय, विद्यालय तथा सार्वजनिक स्थलहरुमा वृक्षारोपण कार्यक्रम, ¥याली तथा जनचेतनामुलक क्रियाकलापहरु संचालन गरिएको हो ।
सेभ द चिल्ड्रेनको साझेदारीमा सप्तरी जिल्लाको खडक तथा सुरुङ्गा नगरपालिकामा संचालनमा रहेको समुन्नति परियोजना अन्तर्गत दुवै पालिकाहरुमा विभिन्न क्रियाकलापहरुको आयोजना गरिएको जनाइएको छ ।
सुरुङ्गा नगरपालिकाको नगर प्रमुख गीता चौधरी, वडा अध्यक्ष श्याम साहलगायतको व्यक्तिहरुद्वारा १ सय ५, आधारभुत विद्यालय चकदहमा ८०, आधारभुत विद्यालय महुलियामा ३ सय वटा विभिन्न जातजातीका विरुवाहरु रोपिएको छ ।
यसैगरी विभिन्न स्थानहरुमा अन्तरक्रिया, स्थानीय महिलाहरुको सहभागितामा ¥याली तथा छलफल कार्यक्रमहरु समेत संचालन गरिएको सबल नेपालका वास फोकल पर्सन परमेश्वर झाले जानकारी दिए ।
जिल्लाकै खडक नगरपालिकाको वडा नं. ५ मा रहेको चिल्ड्रेन पार्कमा नगर प्रमुख जयप्रकाश चौधरी, प्रमुख प्रशासकिय अधिकृत दिपेश झा लगायतको व्यक्तिहरुद्वारा ५०, जनता आ.वि ७ को प्रांगणमा ९२, ज.मा.वि भैरोगञ्ज वेल्हाको प्रांगणमा २०, रा.प्रा. विगौरहामा ५३ तथा जनता रा.प्रा.वि कल्याणपुरमा ७५ वटा विभिन्न जातजातीका विरुवा रोपिएको उनले बताए ।
यसैगरि बीएमजेड, भीसीए तथा डब्ल्यूएचएचको सहयोगमा सिरहा जिल्लाको ५ वटा पालिकामा संचालनमा रहेको तराईमा खानेपानी, सरसफाई तथा स्वच्छता सबलीकरण परियोजना अन्तर्गत गोलवजार नगरपालिका वडा नं १ को गोलामुकसार वस्तीमा समुदायको अगुवाईमा विभिन्न जातका ५० वटा विरुवा रोपिएको छ ।
सोही जिल्लाको कल्याणपुर नगरपालिकाको चिकना माध्यमिक विद्यालयको प्रांगणमा ५०, विष्णपुर गाँउपालिकाको मा. विथलहाको प्रांगणमा २५, सिरहा नगरपालिकाको वालमन्दिर विद्यालयमा २० तथा जनता मा.वि ४ मा २० वटा विरुवा रोपिएको छ ।
त्यस्तै करजनहा नगरपालिकाको जनकल्याण आधारभुत विद्यालयमा ११, जनता अधारभुत विद्यालय बगहा मा २० तथा वडा नं ११ को वडा कार्यालयको प्रांगणमा ८ वटा विरुवा रोपियो । सो अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना समेत गरिएको सबल नेपालका वास अफिसर शुभनारायण चौधरीले जानकारी दिए ।
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
सारांश
- “हाम्रो भूमि, हाम्रो भविष्य” भन्ने मूल नाराका साथ विभिन्न समुदाय, विद्यालय तथा सार्वजनिक स्थलहरुमा वृक्षारोपण कार्यक्रम, ¥याली तथा जनचेतनामुलक क्रियाकलापहरु संचालन गरिएको हो ।
- सेभ द चिल्ड्रेनको साझेदारीमा सप्तरी जिल्लाको खडक तथा सुरुङ्गा नगरपालिकामा संचालनमा रहेको समुन्नति परियोजना अन्तर्गत दुवै पालिकाहरुमा विभिन्न क्रियाकलापहरुको आयोजना गरिएको जनाइएको छ ।
- सुरुङ्गा नगरपालिकाको नगर प्रमुख गीता चौधरी, वडा अध्यक्ष श्याम साहलगायतको व्यक्तिहरुद्वारा १ सय ५, आधारभुत विद्यालय चकदहमा ८०, आधारभुत विद्यालय महुलियामा ३ सय वटा विभिन्न जातजातीका विरुवाहरु रोपिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया