छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण

राजविराज राजविराज
|
बिहिबार, जेठ ३१, २०८१
|
|
२४ पटक हेरिएको
Shares
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण

सारांश

  •     विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य कुन्दी यादवको अध्यक्षतामा आयोजित पोशाक बितरण कार्यक्रममा ३ सय २ विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
  •       विद्यालयका प्रधानाध्यापक रिता कुमारी चौधरीका अनुसार विद्यार्थीहरुलाई प्रत्येक वर्ष बितरण गरिने विभिन्न छात्रवृत्तिको रकमलाई यस पटक पोशाक खरीद गरि बितरण गरिएको हो ।
  • उनले भनिन्, “रकम प्रदान गर्दा अभिभावकहरुले रकम अन्य शिर्षकमा खर्च गर्ने गरेको पाइएको छ, यसपटक सो रकमबाट विद्यालयले पोशाक बितरण गरेपछि अब विद्यार्थीहरु विद्यालय आउँदा एकै प्रकारको पोशाक लगाएर आउँने छन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ । 

    विद्यालयमा प्रदान गरिने दलित छात्रबृत्ति र छात्रवृत्ति अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवहास्थित मावि खोक्सरमा विद्यार्थीहरुलाई पोशाक बितरण गरिएको छ । 
    विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य कुन्दी यादवको अध्यक्षतामा आयोजित पोशाक बितरण कार्यक्रममा ३ सय २ विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो । 
    विद्यालयका प्रधानाध्यापक रिता कुमारी चौधरीका अनुसार विद्यार्थीहरुलाई प्रत्येक वर्ष बितरण गरिने विभिन्न छात्रवृत्तिको रकमलाई यस पटक पोशाक खरीद गरि बितरण गरिएको हो । उनले भनिन्, “रकम प्रदान गर्दा अभिभावकहरुले रकम अन्य शिर्षकमा खर्च गर्ने गरेको पाइएको छ, यसपटक सो रकमबाट विद्यालयले पोशाक बितरण गरेपछि अब विद्यार्थीहरु विद्यालय आउँदा एकै प्रकारको पोशाक लगाएर आउँने छन् ।”
    शम्भुनाथ नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अनिता चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा नं. १ अध्यक्ष जिवछ साह, नगरपालिकाका योजना प्रमुख देवनारायण साह, व्यवस्थापन समितिका सदस्य रामचन्द्र साह, शिक्षक मनोज यादवलगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ