जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”

राजविराज राजविराज
|
मंगलबार, श्रावण ८, २०८१
|
|
२६ पटक हेरिएको
Shares
जयमाला मृत्यु प्रकरण, “दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य  पत्ता लगाउन प्रहरीले सक्रियता देखाएन्”

सारांश

  •     मृतक महिलाको जेठो छोरा डा.
  • तुलाकृष्ण गुप्ताले मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी दोषी पत्ता लगाइ कारवाहीको माग गरेका छन ।
  •       उनका अनुसार गत जेठ ९ गते नगरको नन्दलाल चौक नजिकै वेरियर क्षेत्रमा आयोजित धार्मिक समारोहमा सहभागी भई ४ वर्षिय नाती रियान्स संगै घर फर्कने क्रममा राती ८ः३० बजे तिर नम्बर खुल्न नसकेको मोटरसाईकलले ठक्कर दिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।

    सप्तरीको कंचनरुप नगरपालिका ८ की ५६ वर्षिया जयमाला गुप्ताको पहिचान खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको दुई महिना बितिसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले सक्रियता नदेखाएको मृतकका छोराले गुनासो गरेका छन् । 
    मृतक महिलाको जेठो छोरा डा. तुलाकृष्ण गुप्ताले मंगलवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी दोषी पत्ता लगाइ कारवाहीको माग गरेका छन । 
    उनका अनुसार गत जेठ ९ गते नगरको नन्दलाल चौक नजिकै वेरियर क्षेत्रमा आयोजित धार्मिक समारोहमा सहभागी भई ४ वर्षिय नाती रियान्स संगै घर फर्कने क्रममा राती ८ः३० बजे तिर नम्बर खुल्न नसकेको मोटरसाईकलले ठक्कर दिएको थियो । 
    गम्भीर घाईते भएकी उनलाई उपचारका लागी राती नै विराटनगर पु¥याइ नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उपचार कै क्रममा जेठ १५ गते आमाको निधन भएको छोरा डा.गुप्ताले बताए । 
    मस्तिष्कमा गहिरो चोट लागेका कारण आमाको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएको र सोको रिर्पोटहरु पनि इलाका प्रहरी कार्यालय कंचनपुरमा बुझाइसकेको उनले बताए । जुुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एशोसिएट प्रोफेसरको जिम्मेवारीमा समेत रहेका डा.गुप्ता विगत २ महिना देखि काममा फर्कन सकेका छैनन । 
    आमाको मृत्युका कारक ब्यक्ती बारे पत्ता लगाई दिन भन्दै दिनहुँ प्रहरी प्रशासनमा दौडधुप गर्दै २ महिना वितेको उनले सुनाए । उनले घटनाका सम्बन्धमा सत्यतथ्य छानवीन गर्न र दोषि पत्ता लगाउन इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र तत्कालिन गृहमन्त्री रबीलामिछाने सम्म समेत  पुगेको तर अनुन्धानको आश्वासन बाहेक केही पाउन नसकिएको गुनासो समेत पोखे । 
    प्रहरीले गर्नू पर्ने काम आफुले गर्नु परिरहेको पीडा पोख्दै प्रत्यक्षदर्शीहरु खोज्ने र प्रहरीमा बयानका लागी पु¥याउने काम मै समय वित्ने गरको तर प्रहरीले आफ्नो स्तरबाट खासै सकृयता नदेखाएको उनको गुनासो छ । 
    मृतक महिलाका देवर विश्वनाथले घट्नाको २ महिना वित्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसकेकोमा आक्रोश पोख्दै अब धर्ना, प्रर्दशन र अनशनमा वस्ने तयारीमा लागेको बताए । 
    यता प्रहरीले सो दुर्घट्नाबारे आफन्तले तत्कालै जानकारी नगराएको बताउँदै अनुसन्धान भने जारी रहेको जनाएको छ । घाईतेलाई अस्पताल पु¥याएको २ दिन पछि मात्र अस्पतालबाट आफन्तले सो घट्नाबारे जानकारी गराएको इलाका प्रहरी कार्यालय कंचनपुरका एक प्रहरी अधिकारीले बताए । यद्धपी ढिलो गरी जानकारी आएपनि प्रहरीले आफ्नो श्रोत साधन परिचालन गरी घट्नाबारे अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?