दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
सप्तरीमा मानवको जस्तै कुकुरको पनि अन्तिम संस्कार गरिएको छ । जिल्लाको कंचनरुप नगरपालिकाका नगरप्रमुखले आफैले पालेको कुकुरको मृत्यु भएपछि मानवको जस्तै अन्तिम संस्कार गरेका छन् ।
नगरप्रमुख गुप्ताले हिन्दु परम्परालाई आर्दश मानेर आफ्नो कुकुर मर्दा काजकिरीया गरेर सबैलाई अचम्मित पारेका छन् ।
घरमा पालेको कुकुर मरेपछि शोकमा परेका उनले मानिस मर्दा जस्तै गरिने विधी र हिन्दु रितीरिवाज अनुसार अन्त्येष्टी गरेर कुकुरप्रति श्रद्धाञ्जली ब्यक्त गरे ।
नगर प्रमुख गुप्ता परिवारले ७ वर्ष देखी घरमा सन्तान झै पालन पोषण गरी हुर्काएको स्विटी (डाँगो) र क्विटी (छाउडी) मध्ये क्विटी शनिबार अकस्मात विरामी परे । करिब १५ हजार रुपैया खर्चेर कुकुरको स्थानीय पशु स्वास्थ्य उपचार केन्द्रमा उपचार पनि गराए । तर, उपचार कै क्रममा आइतबार उसको मृत्यु भयो । कुकुर मरेपछि आईतवार नै नगरप्रमुख गुप्ताले कोशी किनारमा लगेर हिन्दु रितीरिवाज अनुसार अन्त्येष्टी गरे ।
आफ्नो श्रीमती, छोरा र छोरी जस्तै माया गर्ने कुकुर मरेपछि शोकमा तीन दिन घरमा खाना पनि नपाक्ने उनले बताए । घरका सदस्य जस्तै नजिक ठान्ने कुकुर मरेपछि घरका सबै सदस्य दृुःखित भएपनि एउटा जनावरको मानव झै मृत्यु संस्कार गर्न पाउँदा भने आत्मसन्तुष्टि मिलेको र जनावारलाई पनि सबैले मानव झै माया र व्यवहार गर्नू पर्छ भन्ने संदेश समेत दिन चाहेको उनको परिवारजनको भनाई छ ।
मेयरले गरे मानवको जस्तै कुकुरको अन्तिम संस्कार
सारांश
- नगरप्रमुख गुप्ताले हिन्दु परम्परालाई आर्दश मानेर आफ्नो कुकुर मर्दा काजकिरीया गरेर सबैलाई अचम्मित पारेका छन् ।
- घरमा पालेको कुकुर मरेपछि शोकमा परेका उनले मानिस मर्दा जस्तै गरिने विधी र हिन्दु रितीरिवाज अनुसार अन्त्येष्टी गरेर कुकुरप्रति श्रद्धाञ्जली ब्यक्त गरे ।
- नगर प्रमुख गुप्ता परिवारले ७ वर्ष देखी घरमा सन्तान झै पालन पोषण गरी हुर्काएको स्विटी (डाँगो) र क्विटी (छाउडी) मध्ये क्विटी शनिबार अकस्मात विरामी परे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
प्रतिक्रिया
० प्रतिक्रिया