दैनिक समाचारदाता
राजविराज, १५ साउन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ मा सर्वजानिक पोखरी ठेक्कामा लगाए वापत उठाइएको राजश्व रकम हिनामिना भएको छ ।
वडा अध्यक्ष कर्ण देव चौधरीले सर्वजानिक पोखरी ठेक्कामा लगाए वापत उठाएको राजश्व हिनामिना गरेका हुन् । अध्यक्ष चौधरीले २०७५÷०७६ मा ऐन विपरित वडाको १८ वटा सर्वजानिक पोखरी ठेक्कामा लगाए करिव १४ लाख ५० हजार राजश्व उठाएर नगरपालिकाको खतामा ४ लाख ५० हजार मात्र बुझाएर बाकी रकम हिनामिना गरेको स्रोतको दावी छ । यता रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्ष पछि सार्वजानिक पोखरी ठेक्कामा संग्लन व्यक्तिहरुलाई बयानका लागि बोलाएका छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले नगरपालिकालाई साउन ३ गते पत्रचार गर्दै ठेक्कामा संग्लन व्यक्तिहरुलाई श्रवण ९ गते व्यानका लागि उपस्थित गराउन भनेको थियो । आयोगले डाक्नेश्वरी ९ का पोखरी ठेक्का बोलकबोल गर्ने राम नरायण मेहता, रामदेब साह, हरेराम साह, राम नारायण साह, रामसुन्दर यादव र नेपाली यादवलाई बयानका लागि बोलाएको थियो ।
पोखरी ठेक्कामा लगाएवापत पहिलो वर्षको रकम १४ लाख ५० हजार रुपैयाँ राजश्वमा दाखिला गर्नुपर्नेमा वडाध्यक्ष चौधरीले आफैंसँग राखेको पोखरी ठेक्का बोलकबोल गर्ने व्यक्तिहरुको प्रतिक्रियाबाट बुझिएको छ ।
सार्वजानिक पोखरी ठेक्काको राजस्व रकम हिनामिना सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपिछ नियम विपरित पोखरी ठेक्का लिने व्यक्तिहरुलाई राजश्व रकम फिर्ता गरेका छन् । ठेक्का बोलकबोल गरी राजश्वका लागि अध्यक्ष चौधरीलाई बुझाइएको रकम पुनः ठेक्केदारलाई नै फिर्ता दिइएको छ । पोखरीका ठेक्केदार सामदेब साहले अध्यक्षलाई बुझाएको राजश्व वापतको रकम फिर्ता लिएर वडा कार्यालयमा भरपाई गरिदिएको बताए । बयानका लागि वोलाएका ६ जना मध्ये ५ जनाले कानून विपरित राजश्वका लागि जम्मा गर्न दिएको पैसा फिर्ता लिएको वडाका एक कर्मचारीले बताए । एक जना ठेक्केदारको मृत्यु भएका कारण उनको पैसा वडा अध्यक्ष संगै रहेको समेत उनले प्रतिक्रिया दिए ।
अनुसन्धानका लागि डाक्नेश्वरी नगपालिकासँग २०७६ सालमा पोखरी ठक्का सम्बन्धी भएको निर्णय तथा ठेक्का प्रक्रियाको सम्पुर्ण कागजातहरु माग गरेको प्रमूख प्रशासकिय अधिकृत कुन्दन कुमार कर्णले बताए । अध्यक्ष चौधरी विरुद्ध रकम हिनामिन गरेको करिव एक दर्जन उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग परेको छ । जसको अनुसन्धान भईरहेको छ । अध्यक्ष चौधरी डाक्नेश्वरी नगरपालिका वडा ९ मा नेकपा एमालेबाट दोस्रोपटक जितेका हुन् । उनको विरुद्धमा वडा कार्यालयबाट विभिन्न शिर्षकमा करिव ६० लाख रुपैयाको दुरुपयोग गरेको अख्तियारमा उजुरी परेको छ ।
वडाअध्यक्ष चौधरी गरे १४ लाख राजश्व हिनामिना
सारांश
- वडा अध्यक्ष कर्ण देव चौधरीले सर्वजानिक पोखरी ठेक्कामा लगाए वापत उठाएको राजश्व हिनामिना गरेका हुन् ।
- अध्यक्ष चौधरीले २०७५÷०७६ मा ऐन विपरित वडाको १८ वटा सर्वजानिक पोखरी ठेक्कामा लगाए करिव १४ लाख ५० हजार राजश्व उठाएर नगरपालिकाको खतामा ४ लाख ५० हजार मात्र बुझाएर बाकी रकम हिनामिना गरेको स्रोतको दावी छ ।
- यता रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्ष पछि सार्वजानिक पोखरी ठेक्कामा संग्लन व्यक्तिहरुलाई बयानका लागि बोलाएका छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया