अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु

राजविराज राजविराज
|
शनिबार, बैशाख १४, २०७६
|
|
४० पटक हेरिएको
Shares
अनियन्त्रित भई बस चिया पसलमा  छिर्दा एकको मृत्यु, आठ घाइते  छुट्टाछुट्टै दुर्घटनामा थप दुईको मृत्यु

सारांश

  •     सो घटनामा पसल संचालक कंचनरुप नपा ८ निवासी असर्फी महतो र अर्का ग्राहक ४८ वर्षिय मुनर महतो गम्भिर घाइते भएका छन् ।
  • दुबै जनाको स्थानिय धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराटनगर लगिएको डिएसपी भवेष रिमालले जानकारी दिए ।
  •       यस्तै दुर्घटनामा बसमा यात्रा गरिरहेका मोरङ केराबारी गाउपालिका ५ बस्ने ३४ बर्षियको कुल बहादुर महत, जिल्ला पाचँथर मिक्लाजुङ गाउपालिका ५ बस्ने ४५ बर्षियको पुर्ण बहादुर लावती, जिल्ला बारा अमलेखगंज नगरपालिका २१ बस्ने ३७ बर्षिया शान्ती खड्का, सोही ठाउँका शान्ति खड्काका ४ बर्षिय छोरा  सम्पुर्ण खड्का तथा लक्ष्मी गिरी र उनको ७ बर्षिया छोरी आयुषा गिरी ६ जना यात्रुपनि घाइते भएका छन् ।

   राजविराज÷काठमाडौंबाट काकडभिट्टातर्फ जाँदै गरेको ना.५ख. ७९३७ नं. को रात्री बस पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कंचनरुप नगरपालिका ८ बिसनिया चौक नजिकै रहेको चिया पसलमा छिरेपछि चिया पिउँदै गरेका एक बृद्धको ज्यान गएको छ । घटनामा पसलेसहित आठ जना घाइते भएका छन् । जसमध्ये दुईको अवस्था गम्भिर छ । 
    तिब्र गतिमा रहेको रात्री बस अनियन्त्रित भई पसलमै छिरेपछि शनिबार बिहान ७ बजेतिर चिया पिउँदै गरेका सोही वडा निवासी ६८ वर्षिय देवनारायण महतोको मृत्यु भएको हो ।
    तिब्र गतिमा रहेको सो बस पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को.१ख. ४१२३ नं. को तरकारी बोकेको पिकप भ्यानलाई ठक्कर दिँदा अनियन्त्रित भई चिया पसलमा छिरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्करबाट तरकारी बोकेको पिकप भ्यान पनि सडकमै पल्टिएको थियो । 


    सो घटनामा पसल संचालक कंचनरुप नपा ८ निवासी असर्फी महतो र अर्का ग्राहक ४८ वर्षिय मुनर महतो गम्भिर घाइते भएका छन् । दुबै जनाको स्थानिय धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराटनगर लगिएको डिएसपी भवेष रिमालले जानकारी दिए । 
    यस्तै दुर्घटनामा बसमा यात्रा गरिरहेका मोरङ केराबारी गाउपालिका ५ बस्ने ३४ बर्षियको कुल बहादुर महत, जिल्ला पाचँथर मिक्लाजुङ गाउपालिका ५ बस्ने ४५ बर्षियको पुर्ण बहादुर लावती, जिल्ला बारा अमलेखगंज नगरपालिका २१ बस्ने ३७ बर्षिया शान्ती खड्का, सोही ठाउँका शान्ति खड्काका ४ बर्षिय छोरा  सम्पुर्ण खड्का तथा लक्ष्मी गिरी र उनको ७ बर्षिया छोरी आयुषा गिरी ६ जना यात्रुपनि घाइते भएका छन् । 
    उनीहरुको स्थानिय धर्मेश्वर अस्पताल र बिराटनगरस्थित बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रिणमा लिई आवश्यक अनुसन्धान थालेको जनाएको छ । 
    यसैबीच पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको खड्क नगरपालिका ७ मा पुर्वबाट पश्चिम तर्फ जादै गरेको स ५ प ४२४० नम्बरको  मोटरसाईलले पैदल यात्रीलाई ठक्कर दिदा स्थानिय अन्दाजी ७० बर्षिकको छुतहरु दासको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    त्यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नागरपालिका ३ स्थित पोर्ताहामा शनिबारै मोटरसाइकल दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ  । 
    पुर्व पश्चिम राजमार्गमा पर्ने पोर्ताहास्थित पुर्वबाट पश्चिम तर्फ जादै गरेको को.१ज. ३५६२ नम्बरको गाडीले सोही दिशातर्फ जादै गरेको को.१५प. ५५४५ नंं.को मोटरसाईकललाई पछाडीबाट ठक्कर दिदा मोटरसाईकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नागरपालिका ३ पोर्ताह बस्ने २२ बर्षियको शंकर पघैया यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा नष्ट
प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा नष्ट
प्रदेशलाई अधिकार नदिए आन्दोलनको  विकल्प छैन् ः मन्त्री साह
प्रदेशलाई अधिकार नदिए आन्दोलनको  विकल्प छैन् ः मन्त्री साह
गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 
गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
सप्तरीमा ६३ जनाद्वारा आत्महत्या
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन