हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 

राजविराज राजविराज
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
५३ पटक हेरिएको
Shares
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 

सारांश

  •     शुक्रवार मृतक राजविराज ४ का ३२ वर्षिय औरन्गजेव मियाँका बुवा मो.
  • हबिव, काका बबलु खान र भाई मो.
  • तवरेज आलम लगायतले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो गुनासो पोखेका हुन ।

दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।

    गत असार ३ गते मुस्लिम समुदायको महान पर्व बकरइदका दिन एक पक्षको कुटाईबाट गम्भिर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको घटनामा मृतकका परिवारजनलाई मिलापत्र गर्न दवाव आउन थालेको गुनासो गरेका छन् । 
    शुक्रवार मृतक राजविराज ४ का ३२ वर्षिय औरन्गजेव मियाँका बुवा मो.हबिव, काका बबलु खान र भाई मो.तवरेज आलम लगायतले पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो गुनासो पोखेका हुन । 
    राजविराज ४ स्थित माछा हटियामा एक पक्षको कुटाईबाट गम्भिर घाइते भएका औरन्गजेवको घटनाको दुई दिन पछी उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पालमा मृत्यु भएको थियो । 
    राजविराज ४ स्थित रोयल इनफिल्ड अटोमोबाईलका संचालक औरन्गजेवमाथी जनावरको कुर्वानी तथा मदरसालाई सहयोगका विषयमा विवाद हुँदा धारिलो घरेलु हतियारको प्रयोग गरी हत्या गरिएको परिवारजनको भनाई छ । 
    पत्रकार सम्मेलनमा मृतक औरन्गजेवका बुआ मो.हबिबले पीडक पक्षले आर्थिक लेनदेन गरी घटना मिलाउन दबाव बढाउँदै लग्नुका साथै नमिले “तिम्रो परिवारमा यस्तो घट्ना फेरी दोहोरीन सक्ने” भन्दै चेतावनी समेत दिन थालेको सुनाए । 
    पीडक पक्ष पैसाको चलखेल गरी अपराध लुकाउने खेलमा लागेको भन्दै मुतकका आफन्तले सबैसंग न्यायका लागी अपिल गरेका छन । उनीहरुले औरन्गजेवको हत्यामा संलग्न भइ हाल फरार रहेकाहरुलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग समेत गरेका छन । 
    अढाई वर्ष अघि बिहे भएका व्यवसायी औरन्गजेवका श्रीमती र २ काखे शिशु छन । औरन्गजेवको हत्या संगै उनीहरुको विचल्ली भएको छ ।
    यता प्रहरीेले उक्त घटनामा संलग्न रहेका ७ आरोपी मध्ये राजविराज नगरपालिका वडा ३ का मो.नसिर, वडा २ का मो.आशिक खान र राजगढ गाउँपालिका ६ का मो.लाल खान गरी तीन जनालाई पक्राउ गरिसकेको छ । 
    उनीहरु सप्तरी जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागी राजविराज कारागारमा छन । घटनाका थप आरोपीत राजविराज नगरपालिका वडा २ का मो.असलम भन्ने तरवेज, वडा ३ का मो इमरान खान, मों इर्शाद र राजगढ गाउँपालिका ६ का मो.मिन्टु भन्ने हुसैन खान फरार छन । उनीहरुको ब्यापक खोजतलास भईरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
प्रजातन्त्र दिवसमा राजनीतिक दलको उदासिनता,  ६ जना जनप्रतिनिधी तथा राजनीतिक दलको शुन्य सहभागितामा मनाइयो प्रजातन्त्र दिवस
मधेस प्रदेशको लगातार दोस्रो जित
मधेस प्रदेशको लगातार दोस्रो जित
फरार १६ अभियुक्त पक्राउ 
फरार १६ अभियुक्त पक्राउ 
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
क्रिकेटको बिकासका लागि प्रतिष्ठान गठन
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार  गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
टि–ट्वान्टी कप प्रतियोगिता सुरु
टि–ट्वान्टी कप प्रतियोगिता सुरु

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु