विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री

राजविराज राजविराज
|
सोमबार, आश्विन १४, २०८१
|
|
७७ पटक हेरिएको
Shares
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री

सारांश

  •     सो गाउँपालिका ४ बेल्ही चेपनास्थित श्री जनता माध्यमिक विद्यालयमा सोमवार एक कार्यक्रमको आयोजना गरी ५ सय जना बालबालिकालाई स्कूल ब्याग, कापी, पेन्सिल, ईरेजर, कटर, टाई बेल्ट लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
  •       कार्यक्रममा ४ सय बालबालिकालाई चार सय दरले छात्रवृति रकम समेत वितरण गरिएको छ ।
  •       गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले छोराछोरीलाई राम्रो शिक्षा दिने अभिभावकहरुको रहर हुँदा हुँदै आर्थिक अभावका कारण रहर पुरा गर्न असमर्थ रहने गरेको पाईएकाले शैक्षिकस्तर उन्नति कार्यक्रम अन्तरगत पालिका भित्रका विद्यालयहरुमा क्रमिक रुपमा शैक्षिक सामग्री वितरण कार्यक्रम थालिएको बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 

    बालबालिकालाई विद्यालयसम्म पहुँच पु¥याउन उद्देश्यका साथ राजगढ गाउँपालिकाका एक विद्यालयमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । 
    सो गाउँपालिका ४ बेल्ही चेपनास्थित श्री जनता माध्यमिक विद्यालयमा सोमवार एक कार्यक्रमको आयोजना गरी ५ सय जना बालबालिकालाई स्कूल ब्याग, कापी, पेन्सिल, ईरेजर, कटर, टाई बेल्ट लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । 
    कार्यक्रममा ४ सय बालबालिकालाई चार सय दरले छात्रवृति रकम समेत वितरण गरिएको छ । 
    गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलले छोराछोरीलाई राम्रो शिक्षा दिने अभिभावकहरुको रहर हुँदा हुँदै आर्थिक अभावका कारण रहर पुरा गर्न असमर्थ रहने गरेको पाईएकाले शैक्षिकस्तर उन्नति कार्यक्रम अन्तरगत पालिका भित्रका विद्यालयहरुमा क्रमिक रुपमा शैक्षिक सामग्री वितरण कार्यक्रम थालिएको बताए ।
    समाजसेवी एवम् राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले शिक्षातर्फ आकर्षित गराउन तथा विद्यालयमा निरन्तर उपस्थितिका लागि प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले थालेको प्रयास प्रशंसनीय रहेको बताए । 
    उनले यस्तो कार्यक्रम प्रभावकारी बनाउन शिक्षक र अभिभावक दुवैले सहयोग गर्नुपर्ने बताए । अभिभावकले आ आफ्ना बालबालिकालाई समयमा तयार गरेर विद्यालय पठाउन तथा सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिदै उनले प्राप्त शैक्षिक सामग्रीको सदुपयोग गर्न बालबालिकालाई सुझाव समेत दिए ।
    विद्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष अशोक साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर मण्डल, सदस्य अभिनन्दन मण्डल, बुतनी सदा, प्राध्यानाध्यापक रविन्द्र साह, अभिभावक राजकुमार मण्डल लगायतले पनि बोल्दै यस्ता कार्यक्रमले बालबालिकालाई विद्यालयमा पहुँच र पढाईमा आकर्षण बढाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ