टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ८, २०८१
|
|
८५ पटक हेरिएको
Shares
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 

सारांश

  •     बिहीबार नेपाली काँग्रेस सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित नेपाल टे«ड युनियन काँग्रेस सप्तरीको प्रथम जिल्ला परिषद्मा आवद्ध संघ, संगठनका प्रतिनिधिहरुको सुझावमा यस्तो निर्णय गरिएको नेपाल टे«ड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलले जानकारी दिए ।
  •       नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको टे«ड युनियनको गतिबिधी विगतको तुलनामा कमजोर भई आवद्ध संघ, संगठनमा समेत असर परेको तथा अगुवाहरुमा निराशा छाएको भन्दै सहभागि वक्ताहरुले उनीहरुमा आशा जगाउन पनि भेला, छलफल र प्रशिक्षण लगायतका कार्यक्रम अभियानकै क्रममा अघि बढाउनु आवश्यक रहेको बताएका थिए ।
  •       कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले मातहतका शुभेच्छुक संस्था बलियो भए काँग्रेस पनि बलियो हुने भन्दै टे«ड युनियन र सो मातहतका संघ, संगठनलाई संगठित, गतिलो बनाउन तथा उनका अगुवाहरुमा उत्साह र उर्जा थप्न आफूले सक्दो सहयोग गर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 

    नेपाल टे«ड युनियन काँग्रेस सप्तरीले आवद्ध सबै पेशागत संघ संगठनलाई संगठित र सक्रिय बनाउने निर्णय गरेको छ । यसका लागि टे«ड युनियन काँग्रेसमा आवद्ध सबै शुभेच्छुक संघ र संगठनको भेला, छलफल तथा प्रशिक्षण लगायतका कार्यक्रम अभियानकै रुपमा संचालन गरिने भएको छ । 
    बिहीबार नेपाली काँग्रेस सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित नेपाल टे«ड युनियन काँग्रेस सप्तरीको प्रथम जिल्ला परिषद्मा आवद्ध संघ, संगठनका प्रतिनिधिहरुको सुझावमा यस्तो निर्णय गरिएको नेपाल टे«ड युनियन काँग्रेस सप्तरीका अध्यक्ष मनोज कुमार मण्डलले जानकारी दिए । 
    नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको टे«ड युनियनको गतिबिधी विगतको तुलनामा कमजोर भई आवद्ध संघ, संगठनमा समेत असर परेको तथा अगुवाहरुमा निराशा छाएको भन्दै सहभागि वक्ताहरुले उनीहरुमा आशा जगाउन पनि भेला, छलफल र प्रशिक्षण लगायतका कार्यक्रम अभियानकै क्रममा अघि बढाउनु आवश्यक रहेको बताएका थिए । 
    कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले मातहतका शुभेच्छुक संस्था बलियो भए काँग्रेस पनि बलियो हुने भन्दै टे«ड युनियन र सो मातहतका संघ, संगठनलाई संगठित, गतिलो बनाउन तथा उनका अगुवाहरुमा उत्साह र उर्जा थप्न आफूले सक्दो सहयोग गर्ने बताए । 
    टे«ड युनियन काँग्रेस स्व. नेता गिरिजा प्रसाद कोइरालाले स्थापना गरेको स्मरण गर्दै उनले संगठनलाई निवन्त राख्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए । 
    नेपाली काँग्रेस सप्तरीका सचिव सनत कुमार मण्डलले टे«ड युनियन काँग्रेसको सांगठनिक संरचनालाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकता महसुस गरिएको भन्दै यसका लागि पार्टी भित्रको गुट उपगुट परित्याग गरि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए । 
    जिल्ला परिषद्मा टे«ड युनियन काँग्रेस सप्तरीका सचिव रामप्रसाद यादवले सांगठनिक तथा कोषाध्यक्ष प्रमोद कुमार यादवले कोषाध्यक्षीय प्रतिवेदन पेश गरेका थिए । 
    कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सभापति उमेश मिश्र, टे«ड युनियन काँग्रेस मधेश प्रदेशका उपाध्यक्ष बैधनाथ यादव, एम्ब्रोडी ह्यान्डी क्राप्ट तथा सिलाई बुनाई श्रमिक केन्द्र मधेश प्रदेशका अध्यक्ष कमल परियार, नेपाल टे«ड युनियन काँग्रेस सप्तरीका उपाध्यक्ष नन्देश्वर मण्डल, प्रेस युनियन सप्तरीका सचिव रामानन्द देव, कारखाना मजदुर श्रमिक संघका अध्यक्ष गजेन्द्र प्रसाद गुप्ता रौनियार, नेपाल शिक्षक संघका राजदेव यादव, नेपाल सार्वजनिक कर्मचारी संघका बिजय यादव लगायतले पनि बोल्दै टे«ड युनियनकर्मीको समस्या र समाधान बारे आ–आफ्नो सुझाव राखेका थिए ।    
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
कोका–कोलाको नेपालमा चार दशक, पहिलो उद्योग १९७९ मा स्थापना, निरन्तर एक उद्देश्य लिएर आफ्नो व्यवसाय बढाउँदै
हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै
हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
जुवातास खेलिरहेका एक दर्जन व्यक्ति पक्राउ
समाचारको प्रभाव–  छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
समाचारको प्रभाव– छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
ट्याक्टरले ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु
ट्याक्टरले ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
बाढी प्रभावितलाई नगद राहत वितरण
बाढी प्रभावितलाई नगद राहत वितरण
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
भारोत्तोलनमा एकपछी अर्को नयाँ राष्ट्रिय किर्तिमान बन्दै
करेन्ट लागेर पुनः एक युवकको मृत्यु
करेन्ट लागेर पुनः एक युवकको मृत्यु