दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरीका नयाँ प्रमुख जिल्ला अधिकारी भोला दाहालले सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न आफू प्रतिबद्ध रहेको जनाएका छन् ।
सप्तरीमा मंगलबार पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गरि उनले यस्तो बताउँदै यसका लागि सञ्चारमर्की समेतको सकारात्मक सहयोगको अपेक्षा समेत राखेका छन् ।
आप्mनो कार्यकक्षमा पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनले पीडितलाई न्याय र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रशासन र सञ्चारकर्मी दुवैको एउटै उद्देश्य भएकाले समान उद्देश्य बोकेका संस्था आपसी सद्भाव, समन्वय र मिलेर काम गर्दा झन प्रभावकारी हुने बताए ।
प्रजिअ दाहालले आप्mनो कार्य कुशलता र सबैको साथ सहयोग लिएर शुसाशन र समाजमा शान्ति सुवयवस्था कायम गर्न सफल हुने विश्वास समेत व्यक्त गरे ।
पत्रकारको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले प्रहरी प्रशासनलाई पनि मद्दत पुग्ने भन्दै उनले सत्यतथ्य समाचार सम्प्रेशनका लागि समेत पत्रकारहरुसँग आग्रह गरे । उनले काम गर्ने क्रममा कुनै त्रुटी भए सचेत र आवश्यक सुझाव दिन समेत सञ्चारकर्मीहरुसँग अनुरोध गरे ।
सो अवसरमा सञ्चारकर्मीहरुले जिल्लामा देखिएका विभिन्न समस्या र शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले चाल्नु पर्ने कदमबारे आ–आफ्ना सुझाव दिएका थिए ।
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सारांश
- सप्तरीमा मंगलबार पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गरि उनले यस्तो बताउँदै यसका लागि सञ्चारमर्की समेतको सकारात्मक सहयोगको अपेक्षा समेत राखेका छन् ।
- आप्mनो कार्यकक्षमा पत्रकारहरुसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा उनले पीडितलाई न्याय र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रशासन र सञ्चारकर्मी दुवैको एउटै उद्देश्य भएकाले समान उद्देश्य बोकेका संस्था आपसी सद्भाव, समन्वय र मिलेर काम गर्दा झन प्रभावकारी हुने बताए ।
- प्रजिअ दाहालले आप्mनो कार्य कुशलता र सबैको साथ सहयोग लिएर शुसाशन र समाजमा शान्ति सुवयवस्था कायम गर्न सफल हुने विश्वास समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया