आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै

राजविराज राजविराज
|
बुधबार, कार्तिक २१, २०८१
|
|
१ पटक हेरिएको
Shares
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै

सारांश

  • दैनिक समाचारदाता राजविराज, २१ कात्तिक ।
  •       चार दिवसीय लोक आस्थाको महापर्व छठको तेश्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ ।
  • यसका लागि विभिन्न जलाशयहरु सरसफाई तथा सजावट गरि पूजाको सम्पूर्ण तयारी पुरा भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 

    चार दिवसीय लोक आस्थाको महापर्व छठको तेश्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ । यसका लागि विभिन्न जलाशयहरु सरसफाई तथा सजावट गरि पूजाको सम्पूर्ण तयारी पुरा भएको छ । 
    यसअघि दोश्रो दिन बुधवार खरना विधि गरिएको छ । विहान पवित्र स्नान गरी दिनभर निराहार उपवास (व्रत) वसेर राती सक्खरमा पकाइएको खिर कुल देवता र छठी देवीलाई चढाई ब्रतालुले त्यही खिर प्रसादका रुपमा ग्रहण गरी खरना विधी गरिएको थियो । 
    पर्वको पहिलो दिन नहाए खाए गरि सुरु गरिएपछि दोश्रो दिन खरना, तेश्रो दिन सझिया घाट (अस्ताउदो सुर्यलाई अर्घ) र शुक्रवार विहान उदाउँदो सुर्यलाई अर्घ दिए पश्चात चार दिवसीय छठ पर्व सम्पन्न हुनेछ ।
    यता ब्रतालु परिवारका सदस्य तथा भक्तजन छठ घाट सरसफाई तथा सिंगार्न ब्यस्त भएका छन । विगत दुई दिनदेखि ताल तलाउ र पोखरीको पुजाघाट सिंगार्न स्थानीयहरुले बिहीबार पनि साजसजावटलाई अन्तिम रुप दिन तथा पोखरीहरुलाई झकिझकाउ बनाउन व्यस्त देखिएका छन । 
    यसैबीच छठ पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन बुधवार जनप्रतिनिधी तथा सुरक्षा निकायका प्रमुखहरु सम्मिलित टोलीले जिल्लामा छठ पर्व हुने प्रमुख जलाशयहरुको निरीक्षण गरेका छन । 
    राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बरख गणका गणपती रमेश पाण्डे, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा लगायतको टोलीले छठ पर्व मनाइने जलाशय र पुजास्थलहरुको निरीक्षण गरी सुरक्षा प्रबन्ध बारे छलफल समेत गरेका छन । 
    सो क्रममा छठ पर्वको मनाउने पुजास्थलहरुमा भीड व्यवस्थापन तथा सुरक्षाका लागी विशेष सुरक्षा व्यवस्था मिलाउन लागिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । 
    छठ पुजास्थलहरुमा आपराधीक गतिविधी नियन्त्रण तथा भक्तजनले ढुक्क भएर छठ पर्व मनाउने गरी सुरक्षा व्यवस्थापनका लागी आवश्यक तयारी मिलाउन लागिएको उनको भनाई छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण 
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण 
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन अभियान सुरु
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
भीमराज र १५ भोटबीचको सम्बन्ध दोहोरियो 
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत
पहिलो एनपिएल विजेता टोली जनकपुर बोल्टसको सप्तरीमा भव्य स्वागत