श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 

राजविराज राजविराज
|
मंगलबार, पौष ९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 

सारांश

  •     राजविराज ७ निवासी ३५ बर्षीय महेन्द्र साहलाई अदालतले बैंक तथा वित्तिय कारोवार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत दोस्रो पटक सात दिने म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरेको हो ।
  •     पहिलो पटक सोही दिन बैंक तथा वित्तिय कारोबार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत प्रहरीले अनुसन्धान गर्न ७ दिने म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
  •     साह किराना व्यवसायी हुन् ।

दैनिक समाचारदाता
राजविराज, ९ पुस । 

    राजविराजबाट श्रोत नखुलेको रकमसहित पक्राउ परेका एक व्यापारीलाई अदालतले अनुसन्धानका लागि मंगलबार पुनः सात दिनको म्याद थपेको छ । 
    राजविराज ७ निवासी ३५ बर्षीय महेन्द्र साहलाई अदालतले बैंक तथा वित्तिय कारोवार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत दोस्रो पटक सात दिने म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्रदान गरेको हो ।
    पहिलो पटक सोही दिन बैंक तथा वित्तिय कारोबार सम्बन्धी ऐन २०७३ को कसुर अन्तर्गत प्रहरीले अनुसन्धान गर्न ७ दिने म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो ।
    साह किराना व्यवसायी हुन् । उनलाई पुस ४ गते प्रहरीले श्रोत नखुलेको १४ लाख ७ सय रुपैयाँ सहित पक्राउ गरेको थियो । राजविराज ७ सिरहा रोड घर भएका साहको सप्तरीकै विष्णुपुर गाउँपालिकामा किराना पसल संचालनमा रहेको छ । 
    हुण्डी कारोबार भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले राजविराज ७ स्थित साहको कोठाबाट स्रोत नखुलेको उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको थियो ।
    अनुसन्धान प्रक्रिया जारि नै रहेकोले दोस्रो पटक म्याद थप गराईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह