दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
बाराको कलैया संचालित मधेश प्रदेशस्तरिय प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगितामा सप्तरीले सिरहालाई पराजित गर्दै लगातार दोस्रो जित हात हात पारेको छ ।
शुक्रवार भएको खेलमा सप्तरीले दिएको ९९ रनको लक्ष्य पछयाउने क्रममा सिरहा ४३ रनमै सिमित भएपछि सप्तरीले ५६ रनले बिजयी भएको हो ।
कलैया खेलमैदानमा टस जितेर सप्तरी ९९ रनको योगफल खडा गरेका थिए । जसमा दिपा राम २० रन र साक्षी यादबले १७ रन बनाएका थिए । बलिङतर्फ सिरहाका पुष्पा यादबले ३ बिकेट, अन्नु यादब र मिना महतोले समान्य २÷२ बिकेट लिएका थिए ।
जवाफी ब्याटिङमा सिरहाले ११ ओभर २ बलमा ४३ रन बनाउन सकेका थिए जसमा सरस्वती चौधरीले १८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन । सिरहालाई सस्तोमा आउट गर्न सप्तरीका दिपा रामले ३ बिकेट तथा सुस्मिता यादब र साक्षी यादबले समान्य २÷२ बिकेट र बन्दना रजकले १ बिकेट लिएकी थिईन ।
खेलको प्लेयर अफ दि म्याच सप्तरीका दिपा राम घोषित भएको टिम प्रशिक्षक राहुल सिँहले जानकारी दिए ।
मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित
सारांश
- शुक्रवार भएको खेलमा सप्तरीले दिएको ९९ रनको लक्ष्य पछयाउने क्रममा सिरहा ४३ रनमै सिमित भएपछि सप्तरीले ५६ रनले बिजयी भएको हो ।
- कलैया खेलमैदानमा टस जितेर सप्तरी ९९ रनको योगफल खडा गरेका थिए ।
- जसमा दिपा राम २० रन र साक्षी यादबले १७ रन बनाएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया