स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव

राजविराज राजविराज
|
शुक्रबार, माघ ४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव

सारांश

  •     सिमान्तकृत समुदायका किशोर, किशोरी, युवा र महिला अधिकार अभियान अन्तर्गत शुक्रवार जिल्ला युवा सञ्जाल सप्तरीको आयोजना तथा सवल नेपाल, युएसएआइडी र एशिया फाउन्डेशनको सहयोगमा राजविराजमा आयोजित “नागरीक समाज र संचार कार्यक्रम” मा सहभागी वक्ताहरुले यस्तो सुझाव दिएका हुन ।
  •       युवा शक्तीको समुचित उपयोग हुन नसक्दा लाखौ युवाहरु विदेशिनु परेको भन्दै वक्ताहरुले त्यसलाई रोक्न राज्य गम्भिर हुनुपर्नेमा जोड पनि दिए ।
  •       कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साहले युवाशक्तीको समुचित उपयोग हुन नसक्दा वर्षेणी लाखौ युवा विदेशीनु परिरहेकोले यसलाई रोकेर स्वदेश मै रोजगारको वातावरण सिर्जना गरिनु पर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, ४ माघ ।

    स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने शुक्रबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन ।
    सिमान्तकृत समुदायका किशोर, किशोरी, युवा र महिला अधिकार अभियान अन्तर्गत शुक्रवार जिल्ला युवा सञ्जाल सप्तरीको आयोजना तथा सवल नेपाल, युएसएआइडी र एशिया फाउन्डेशनको सहयोगमा राजविराजमा आयोजित “नागरीक समाज र संचार कार्यक्रम” मा सहभागी वक्ताहरुले यस्तो सुझाव दिएका हुन । 
    युवा शक्तीको समुचित उपयोग हुन नसक्दा लाखौ युवाहरु विदेशिनु परेको भन्दै वक्ताहरुले त्यसलाई रोक्न राज्य गम्भिर हुनुपर्नेमा जोड पनि दिए । 
    कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साहले युवाशक्तीको समुचित उपयोग हुन नसक्दा वर्षेणी लाखौ युवा विदेशीनु परिरहेकोले यसलाई रोकेर स्वदेश मै रोजगारको वातावरण सिर्जना गरिनु पर्ने बताए ।
    उनले राजनीतिक उपलब्धीको संरक्षण पनि युवाशक्तीबाटै हुने भन्दै उनीहरुलाई कसरी समुचित उपयोग गर्ने त्यसतर्फ राज्यको विषेश ध्यान पुग्नु पर्नेमा जोड दिए । 
    युवा सञ्जालका जिल्ला अध्यक्ष त्रिवेणी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, समाजिक अभियन्ता सुनिता साह“क्रान्ति”, युवा सञ्जाल राजविराजकी अध्यक्ष रमिला साह, युवा विद्यार्थी सगठन सप्तरीका प्रमुख श्याम यादव, राजविराज नगरपालिकाका शाखा अधिकृत कल्पना देव, युवा अभियन्ता विपिन चौधरी, राम प्रकाश चौधरी लगायतले युवाको अधिकार, न्याय, सशक्तीकरण र क्षमता अभिबृद्धि बारे आ–आप्mनो सुझाव सहित धारणा राखेका थिए । 
    कार्यक्रममा नागरिक समाज र सञ्चार कार्यक्रमका अधिकृत चन्दन कुमार यादवले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।
    विभिन्न खाले हिंसा, दमन, भ्रष्टाचार, उत्पिडन, कुरीतीका विरुद्ध तथा यूवाको अधिकार र सशक्तीकरणका लागी जिल्लाका १८ वटै पालिकामा गठित युवा सञ्जालका प्रतिनिधीहरुको सभागिता थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याक्सेल बिजयी मोहत्सव मनायो
म्याक्सेल बिजयी मोहत्सव मनायो
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
अन्तरजातिय प्रेम विवाह गरेकी सुत्केरी महिला अलपत्र
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम, शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल प्रयोगमा निषेध 
रुपनी गाउँपालिकाको नीति तथा कार्यक्रम, शिक्षक र विद्यार्थीलाई विद्यालयमा मोबाइल प्रयोगमा निषेध 
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित 
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित 
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
प्रधानमन्त्री कपका लागि क्रिकेट  खेलाडीको बन्द प्रशिक्षण 
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान