भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा

राजविराज राजविराज
|
मंगलबार, माघ ८, २०८१
|
|
३४ पटक हेरिएको
Shares
भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा

सारांश

  •     राजविराज नगपालिका वडा नं.
  • ७ स्थित राममन्दिर नजिकको सडक खण्डमा प्रहरीले मंगलबार बिहान चेकजाँचका क्रममा किराना समान र अटो नियन्त्रणमा लिएको हो ।
  •       अटोसहित बरामद समानको ४ लाख ३६ हजार ४ सय ३० रुपैया मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 

    अबैध रुपमा भारतबाट भन्सार छली अटोमा लोड गरी ल्याउँदै गरेको किराना समानसहित प्रहरीले अटो नियन्त्रणमा लिएको छ । 
    राजविराज नगपालिका वडा नं. ७ स्थित राममन्दिर नजिकको सडक खण्डमा प्रहरीले मंगलबार बिहान चेकजाँचका क्रममा किराना समान र अटो नियन्त्रणमा लिएको हो । 
    अटोसहित बरामद समानको ४ लाख ३६ हजार ४ सय ३० रुपैया मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
    प्रदेश २–०१–००१ह००७८ नम्बरको अटो रिक्शाबाट जेकजाँचका क्रममा तेल, घ््यु, मसाला, पापड लगायतको किराना समान भन्सार छली भारतबाट ल्याइएको पाइएपछी नियन्त्रणमा लिएको उनको भनाइ छ । 
    उक्त समान ल्याउने अटो चालक ३२ वर्षिय सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ कोचाबखारी टोल वस्ने राजकुमार साहलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
    बरामद सरसमान र चालकलाई आवश्यक कारवाहीका लागी तिलाठी कोइलाडी गाउपालिकास्थित भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया
सप्तरीमा पहिलो पटक ल्याप्रोसकोपीमार्फत  हर्नियाको शल्यक्रिया
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
बाल र बहुविवाहका आरोपीलाई कैद र जरिवाना 
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
वर्षाका कारण प्रदेशस्तरीय टि–ट्वान्टी  कप क्रिकेट प्रतियोगिता रोकियो
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल  जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण 
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य
छिन्नमस्ता शक्तिपिठमा मास्क अनिवार्य