विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २८, २०८१
|
|
४४ पटक हेरिएको
Shares
विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता

सारांश

  •     भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित रामन्दिर दर्शनका लागि परिवारसहित पुगेकी रोशनी त्यहीबाट वेपत्ता भएकी हुन् ।
  •       रोशनीका परिवार, आफन्तजन र साथी भाई समेत फोटो बोकेर सम्भावित स्थानहरु आफै खोजीमा भौतारिएका छन ।
  • आमा पृmुल कुमारी, बुवा विरेन्द्र र दाजु विकास संगै फागुन ३ गते शनीवारका दिन राममन्दिर दर्शन पश्चात फर्किदै गर्दा मन्दिरको ३ नंं.

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 

    राजविराज नगरपालिका ७ हटिया की २० वर्षिया रोशनी कुमारी साह वेपत्ता भएको बुधवार २६ दिन पुगेको छ । तर अहिले सम्म उनको पत्तो छैन । 
    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको विशाल महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित रामन्दिर दर्शनका लागि परिवारसहित पुगेकी रोशनी त्यहीबाट वेपत्ता भएकी हुन् । 
    रोशनीका परिवार, आफन्तजन र साथी भाई समेत फोटो बोकेर सम्भावित स्थानहरु आफै खोजीमा भौतारिएका छन । आमा पृmुल कुमारी, बुवा विरेन्द्र र दाजु विकास संगै फागुन ३ गते शनीवारका दिन राममन्दिर दर्शन पश्चात फर्किदै गर्दा मन्दिरको ३ नंं.गेटमा अचानक उर्लिएको भीडमा उनी सम्पर्क विहीन भएको परिवारजनको भनाई छ । 
    मंगलवार राजविराज फर्किएका परिवारजनले खोजतलासका क्रममा लामो समयसम्म अयोध्यामा वस्दा पनि कतैबाट कुनै सुराक फेला पार्न नसकिएको र निराश भई फर्किएको सुनाए । 
    परिवारजनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय प्रहरीको एसएचओ अभिमन्यु शुक्ला, सिओ अरुण श्रीवास्तव र सिएएसइआइओ आशुतोष तिवारी लगायतका प्रहरीका उच्च अधिकारी समेतलाई भेटेर खोजतलासका लागी सहयोग गर्न आग्रह गरेका थिए । तर अहिले सम्म सफलता मिल्न सकेको छैन । 
    भारतीय प्रहरीले उत्तर प्रदेशका ८४ वटा थाना क्षेत्रमा रोशनीको चित्र अंकित पोस्टहरु समेत पर्खालहरुमा टाँसेर खोजतलास गरिरहेको साह परिवारले जानकारी दिए । 
    भारतीय प्रहरीले मन्दीर परिसर तथा आसपासका सीसीटीभी क्यामेराका फुटेज पनि नियालेका छन । जसमा उक्त दिन कालो सुरुवाल, गुलावी कुर्ता र सेतो स्वेटर लगाएकी रोशनी कालो ब्याग झुण्ड्याएर मन्दिरको ५ सय मिटरको दुरीमा रहेको दन्ताबनकुण्ड तर्फ बढी रहेको र सेतो टिसर्ट लगाएका तीन जना युवक एक आपसमा केही इशारा गर्दै उनलाई पच्छाइरहेको स्पस्ट देखिन्छ् । कुन्डको गेट भित्र प्रवेश गरेपछी भने सीसीटीभी क्यामेरा जडान नभएका कारण त्यसपछीको अवस्था बुझ्न कठिन भएको भारतीय प्रहरीको भनाइ रहेको छ । 
    यद्धपी रोशनीको हुलीया सर्कूलर गर्नूका साथै ८४ वटा थाना क्षेत्रमा पोस्टर समेत टाँस गरी खोजी कार्य जारी राखेको भारतीय प्रहरीलाई उद्यत गर्दै साह परिवारले जनाएको छ । 
    सीसीटीभी फुटेजमा देखिएको रोशनीलाई पच्छाई रहेका तीन जना युवकले अपहरण गरेको हुन सक्ने आशंका समेत ब्यक्त गर्दै परिवारजनले सो कोणबाट पनि अनुसन्धान तथा रोशनीको अवस्था पत्ता लगाई सकुशल उद्धारमा सहयोग गर्न सबैसँग अपिल गरेका छन । 
    यस क्रममा साह परिवारले मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहलाई समेत भेटेर सहयोगका लागी भारत सरकार संग पहल गर्न आग्रह गरेका छन । रोशनीले प्रयोग गरेको मोवाईल सो दिन संयोगवश अभिभावक सित नै छाडेकाले मोबाइलको प्राविधीक पक्षबाट अनुसन्धान गर्ने पाटो पनि बन्द भएको भारतीय प्रहरीहरुले बताएको परिवारजनले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले तीर्थयात्राका लागि भारतको अयोध्या पुगेकी राजविराजकी रोशनी सम्पर्कबिहीन भएको भनी परिवारजनबाट जानकारी प्राप्त भएको तथा भारतीय प्रहरी अधिकारीहरुसँग समन्वय गरि खोजतलासमा सहयोग गर्न पहल गरेको जनाएका छन् । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
कोईलाडीलाई गजेन्द्र नारायण सिंह स्मृती कपको उपाधी
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर 
अदालतबाट न्याय पाउने विश्वास छ ः निलम्बित मेयर