दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
सप्तरी जिल्ला अदालतले किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका केन्द्रीय सदस्यद्वय विपी यादव र हरि मण्डललाई पुर्पक्षका लागि कारागार पठाएको छ ।
जिल्ला अदालतका न्यायाधिश उमेश कोइरालाको एकल इजलाशले सोमबार थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते उपझोक्ता समिति गठन गर्न छाप किर्ते गरिएको आरोपमा प्रहरीले सदस्यद्वयलाई पक्राउ गरेको थियो ।
छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन् भने उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए । यस्तै राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन् ।
सोही आरोपमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र रापाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गरिएको छ ।
किर्ते उपभोक्ता समिति गठन प्रकरणमा राजपा दुई नेता करागार चलान
सारांश
- जिल्ला अदालतका न्यायाधिश उमेश कोइरालाको एकल इजलाशले सोमबार थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।
- प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते उपझोक्ता समिति गठन गर्न छाप किर्ते गरिएको आरोपमा प्रहरीले सदस्यद्वयलाई पक्राउ गरेको थियो ।
- छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन् भने उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया