बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक

राजविराज राजविराज
|
सोमबार, चैत्र ११, २०८१
|
|
४४ पटक हेरिएको
Shares
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक

सारांश

  •     सोमवार राजबिराजमा आयोजित राजबिराज नगरस्तरिय बालभेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
  • सहभागिहरुले कुलतमा लागेको बालवालिकालाई बाल क्लवहरूले बिधालयमा सचेतनामूलक कार्यक्रम गर्नु पर्ने सुझाव समेत दिए ।
  •       भेलामा नगरस्तरिय बाल संजालका अध्यक्ष विशाल यादबले बालवालिकाको हकअधिकार सँगै उनीहरुलाई बाल श्रमवाट मुक्त गर्न बिकास, संरक्षण सहभागिताको ग्यारेन्टी हुनुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 

    बालवालिकालाई कुलतवाट जोगाउन विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरेर अगाडी बढ्नु पर्नेमा जोड दिइएको छ । 
    सोमवार राजबिराजमा आयोजित राजबिराज नगरस्तरिय बालभेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले सो कुरामा जोड दिएका हुन् । सहभागिहरुले कुलतमा लागेको बालवालिकालाई बाल क्लवहरूले बिधालयमा सचेतनामूलक कार्यक्रम गर्नु पर्ने सुझाव समेत दिए । 
    भेलामा नगरस्तरिय बाल संजालका अध्यक्ष विशाल यादबले बालवालिकाको हकअधिकार सँगै उनीहरुलाई बाल श्रमवाट मुक्त गर्न बिकास, संरक्षण सहभागिताको ग्यारेन्टी हुनुपर्ने बताए ।
    बालवालिकाहरूको भेलामा वडाहरूमा बाल क्लव गठन÷पुर्नगठन गर्ने, बालविवाह न्युनिकरण गर्न जनचेतनामूलक कार्यक्रम गर्ने, बाल श्रम न्युनिकरण गर्ने, बिधालयहरूमा बालमैत्री शौचालय निर्माण गर्न, योजना छनोटमा बालवालिकाको सहभागिता जस्ता समस्याहरूलाई सक्रियतापुर्वक बालअधिकार सवालमा बाल क्लवहरूले पैरबी र बकालत गर्ने उनले बताए ।
    अन्तराष्ट्रिय बालअधिकार महासन्धीले पारित गरेको अधिकार अनुसार बालवालिकाको बचाउ, बाल संरक्षण, बालबिकास तथा बाल सहभागिता सम्बन्धमा बृहतरूपमा प्रशिक्षण दिएको सबल नेपालका कार्यक्रम संयोजक निरबहादर आले बताए ।
    उक्त भेलामा राजबिराज नगरपालिका अन्तर्गतका १६ वटै वडावाट ४५ जना बालवालिकाको सहभागिता रहेको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तथा शाखा अधिकृत अनिता चौधरीले जानकारी दिईन ।
    उक्त नगरस्तरिय बाल भेला तथा अन्तरक्रिया कार्यक्रममा राजबिराज नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत निरन्जन यादब, कार्यपालिका सदस्य मन्जु खडका, रेखा मण्डल, सोनी रजक, सामाजिक बिकास अधिकृत अनिता चौधरी, पत्रकार चन्दनकुमार यादब लगायतले मन्तब्य राखेका थिए ।
    राजबिराज नगरपालिका महिला बालवालिका जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग र नगरस्तरिय बाल संजालको आयोजनामा तथा सेभ द चिल्ड्रेन, स्वेडेन सेवरेग, सबल नेपाल, जिल्ला बाल क्लव संजालको सहयोग र सहकार्यमा बाल भेलाको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
सप्तरीमा २० प्रतिशत रोपाई, ५ सय विगहामा लगाइएको धान खेत डुवानमा
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
आजदेखी एसइई,  सप्तरीबाट ८ हजार ७ सय १५ विद्यार्थी परीक्षामा सहभागी हुँदै
आजदेखी एसइई,  सप्तरीबाट ८ हजार ७ सय १५ विद्यार्थी परीक्षामा सहभागी हुँदै
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
हयासको टायर पड्किदा एक महिलाको मृत्यु, १३ जना घाइते
हयासको टायर पड्किदा एक महिलाको मृत्यु, १३ जना घाइते
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल 
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
राजविराजमा १५ शैयाको आँखा अस्पताल संचालन
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार