दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित महुकी विचला टोलकी एक महिला बाटो बिस्तारको नाममा आफूलाई मात्र हानी नोक्सानी हुने गरी जग्गा छाड्न अनावश्यक दबाव र दुःख दिन थालिएको आरोप लगाएकी छिन् ।
बुधबार टोलमै संचारकर्मीहरुसीत आफ्ना कुरा राख्ने क्रममा ४५ बर्षीया ललिता साहले यस्तो आरोप लगाएकी हुन् । उनले आफ्नो नम्बरी जग्गाबाट एकलौटी ढंगले बाटो निकाल्नका लागि छिमेकी सियाराम साह, देवकी साह, वडाध्यक्ष कर्णदेव चौधरीका साथै प्रहरी समेतले जग्गा छाडिदिन पटक पटक दवाव दिन थालेको गुनासो गरिन् ।
श्रीमान् सागर वैदेशिक रोजगारीका क्रममा बाहिर रहेको समयमा आफ्नो नम्बरी जग्गाबाट मात्र बाटो निकाल्ने भन्दै एकतर्फी हानी नोक्सानी पु¥याउन खोजेको र आफू सहमत नहुँदा पटक–पटक प्रहरी समेत लगाई दवाव र धम्की दिन थालेको उनले दुखेसो पोखिन् ।
उनी आफ्नो जग्गाको अग्रभागमा रहेको कित्ता नम्बर ९७० को ९ धुर तथा पछाडी भागमा रहेको ६ कठ्ठा १० धुर जग्गामा घर, गोठ र बगैचा बनाएर बसोवास गर्दै आएकी छिन् । बाटोको लागि आफू जग्गा दिन तयार रहेको तर, आफूले दिए जति जग्गा दाहिने तर्फका संधियारहरुले पनि दिएमा आफूलाई थोरै क्षति पुग्ने उनको भनाई छ । आफ्नो जग्गा मात्र छाडिदिन विपक्षीले दवाव दिईरहेकाले आफू तनावमा परेको उनले सुनाईन् ।
वडाअध्यक्ष चौधरीले भने हाल ललिताले छाड्न नमानेको जग्गामा परापुर्वकाल देखि नै गोरेटो बाटो रहेको दावी गरेका छन् । वडाध्यक्ष चौधरीले भने अहिले व्यवस्थित गर्न खोज्दा उल्टै टाटीले घेरवार गरि ललिता र उनका आफन्तले बाटो अवरुद्ध गरिदिएका बताए ।
बाटो अवरुद्ध हुने गरि टाटीले घेरवार गर्दा छरछिमेकलाई आवत जावतमा समस्या भएको भन्दै उनले आफूले सडकका लागि जग्गा छाड्नु भन्दा पनि परापुर्वकालदेखि गाउँलेले प्रयोग गर्दै आएको बाटो खुलाउन मात्र दवाव दिएको बताएका छन् ।
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब र धम्की आउन थाल्यो”
सारांश
- बुधबार टोलमै संचारकर्मीहरुसीत आफ्ना कुरा राख्ने क्रममा ४५ बर्षीया ललिता साहले यस्तो आरोप लगाएकी हुन् ।
- उनले आफ्नो नम्बरी जग्गाबाट एकलौटी ढंगले बाटो निकाल्नका लागि छिमेकी सियाराम साह, देवकी साह, वडाध्यक्ष कर्णदेव चौधरीका साथै प्रहरी समेतले जग्गा छाडिदिन पटक पटक दवाव दिन थालेको गुनासो गरिन् ।
- श्रीमान् सागर वैदेशिक रोजगारीका क्रममा बाहिर रहेको समयमा आफ्नो नम्बरी जग्गाबाट मात्र बाटो निकाल्ने भन्दै एकतर्फी हानी नोक्सानी पु¥याउन खोजेको र आफू सहमत नहुँदा पटक–पटक प्रहरी समेत लगाई दवाव र धम्की दिन थालेको उनले दुखेसो पोखिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया