न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा

राजविराज राजविराज
|
सोमबार, बैशाख १, २०८२
|
|
४८ पटक हेरिएको
Shares
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा

सारांश

  •     लामो समयदेखी घरधनीलाई भाडा नदिएको तथा पटक पटक राजविराज नगरपालिकाको न्यायीक समितिले गरेको आदेशको वेवास्ता गरिएको भन्दै वडा कार्यालयका प्रतिनीधी, प्रहरी, स्थानीय भरभलादमी तथा संचारकर्मीको रोहबरमा ताल्चा लगाइएको हो ।
  •       राजविराज ४ मा भाडाको घर लिएर संचालन हुदै आएको उक्त क्ल्निीकका संचालक डा विवेक कुमार झाले न्यायिक समिति समेतको आदेशको पालना नगरेकाले वडाकार्यालयलाई कार्यान्वयन गर्न÷गराउनु पत्र आएपछि ताल्चा लगाइएको वडाअध्यक्ष दिनेश कुमार साहले बताए ।
  •       उनका अनुसार घरधनी राजरोशन जोन्छेले घर भाडा दिन डा झाले आलटाल गर्ने, घरपनि खाली नगर्ने तथा उल्टै धम्की समेत दिन थाले पछी उनी न्यायका लागी राजविराज नगरपालिकाको न्यायीक समितीमा पुगेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३१ चैत । 

    लामो समयदेखी घरधनीलाई भाडा नतिरेको भन्दै राजविराजस्थित बालाजी डेण्टल क्लिनिक प्रा.लि.मा आइतबार ताल्चा लगाइएको छ । 
    लामो समयदेखी घरधनीलाई भाडा नदिएको तथा पटक पटक राजविराज नगरपालिकाको न्यायीक समितिले गरेको आदेशको वेवास्ता गरिएको भन्दै वडा कार्यालयका प्रतिनीधी, प्रहरी, स्थानीय भरभलादमी तथा संचारकर्मीको रोहबरमा ताल्चा लगाइएको हो । 
    राजविराज ४ मा भाडाको घर लिएर संचालन हुदै आएको उक्त क्ल्निीकका संचालक डा विवेक कुमार झाले न्यायिक समिति समेतको आदेशको पालना नगरेकाले वडाकार्यालयलाई कार्यान्वयन गर्न÷गराउनु पत्र आएपछि ताल्चा लगाइएको वडाअध्यक्ष दिनेश कुमार साहले बताए । 
    उनका अनुसार घरधनी राजरोशन जोन्छेले घर भाडा दिन डा झाले आलटाल गर्ने, घरपनि खाली नगर्ने तथा उल्टै धम्की समेत दिन थाले पछी उनी न्यायका लागी राजविराज नगरपालिकाको न्यायीक समितीमा पुगेका थिए । 
    डा.झाले ४ वटा कोठा ३० हजार प्रति महिनाका दरले भाडाले लिएको तथा भाडा वापतको हाल सम्म ६ लाख ६४ हजार रुपैया दिन आलटाल गरेको भन्दै घरधनी जोन्छे न्यायीक समिती पुगेका थिए । 
    त्यसपछि नगरपालिकाले पटक पटक डा झालाई बोलाई घरपट्टीको भाडा बुझाउन समय सिमा सहित सहमती गराएको थियो । तर सहमती विपरीत अटेर गरी वस्दा समितीको आदेशमा उक्त क्लिनीकमा ताल्चा लगाइएको वडा अध्यक्ष साहको भनाई छ । आफुले न्यायीक समितीको आदेश कार्यान्वयन गरेको तथा प्रतिवादी डा झाको क्लिनीकमा रहेका सबै स्वास्थ्य उपकरण सोही कोठामा सुरक्षित साथ राखी साँचो घरधनीलाई बुझाइएको उनको भनाई छ । 
    घरधनी जोन्छेको घरबहाल बाकी रहेको रकम नदिए सम्म उक्त सरसमान रोक्का र सो अवधी सम्मको हर्जाना समेत क्लिनीक संचालनलाई ब्यहोर्नू पर्ने बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?