दैनिक समाचारदाता
राजविराज, ७ बैशाख ।
सिटिजन्स बैंक राजविराजले वार्षिकोत्सवको अवसरमा आईतवार रक्तदान कार्यक्रम गरेको छ ।
सप्तरीमा ७ वटा शाखामार्फत सेवा प्रदान गर्दे आएको सिटिजन्स बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
वैंकका कलष्टर प्रमुख प्रकाश नेपालसहित राजविराज शाखाका १६ जना कर्मचारीले रक्तदान गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिए ।
बैंकका क्लस्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखाका प्रबन्धक राजकुमार यादव, अमिर रहमान, रजनीश यादव, प्रशान्त देव, आशुतोष झा, अमन दास, राघव पोखरेल, अमन दास लगायत दुई दर्जन बढी कर्मचारीले रक्तदान गरेका छन ।
सप्तरीका ७ वटा शाखा र सिरहाका १ वटा गरि ८ वटा शाखाका ७० जना कर्मचारीको सहभागितामा विहानै प्रभातफेरी निकालिएको र त्यसपछि नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्तदान गरि १८औं वाषिकोत्सव मनाइएको उनले वताए ।
राजाविराज शाखावाट ३० हजार गरि जिल्लाको ७ वटै शाखा मार्फत एक लाख सेवाग्राहीलाई सेवा दिदै आएको सिटिजन्स वैंकको देश भरिमा दुई सय शाखा संचालनमा रहेको शाखा प्रमुख यादवले जानकारी दिए ।
सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
सारांश
- सप्तरीमा ७ वटा शाखामार्फत सेवा प्रदान गर्दे आएको सिटिजन्स बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
- वैंकका कलष्टर प्रमुख प्रकाश नेपालसहित राजविराज शाखाका १६ जना कर्मचारीले रक्तदान गरेको शाखा प्रमुख राजकुमार यादवले जानकारी दिए ।
- बैंकका क्लस्टर प्रमुख प्रकाश नेपाल, राजविराज शाखाका प्रबन्धक राजकुमार यादव, अमिर रहमान, रजनीश यादव, प्रशान्त देव, आशुतोष झा, अमन दास, राघव पोखरेल, अमन दास लगायत दुई दर्जन बढी कर्मचारीले रक्तदान गरेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया