दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीले जिल्ला स्थित किराना पसल, होटल, रेस्टुराँका संचालक तथा उपभोक्ता, पशुपालक र कृषक प्रतिनिधिलाई मानव, पशुपंक्षी र विरुवाको स्वास्थ्य र जीवन रक्षार्थ आवश्यक स्वच्छता सम्बन्धि सचेतना प्रदान गरेको छ ।
जिल्लामा संचालित होटल, रेष्टुराँ, किराना पसल संचालक तथा पशुपालक र कृषक प्रतिनिधिलाई उपभोक्ताले स्वच्छ खानेकुरा उपयोग गर्न पाउन तथा खाद्य ऐनमा भएका मुख्य प्रावधान र खाद्यान्न नियमावलीमा भएका व्यवस्थाबारे जानकरी गराउने उदेश्यले बिहिवार एक कार्यक्रमको आयोजना गरी सचेतना प्रदान गरेको हो ।
डिभिजन प्रमुख सुरेश प्रसाद सिंहले खाद्य स्वच्छता, पशु र विरुवा स्वस्थ्यता प्रभावकारी ढंगले कार्यान्वयन र कायम गर्न सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया मार्फत सचेतना फैलाउने प्रयास गरिएको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका प्रमुख विपिन ठाकुरले खाद्य ऐन तथा खाद्य नियमावलीमा भएका व्यवस्था बारे विस्तारपूर्वक जानकारी गराउँदै खाद्य पदार्थ आयात निर्यात गर्दा सम्बन्धित कार्यालयबाट प्रमाणिकरण गराउन व्यवसायीहरुलाई सुझाव पनि दिए ।
उनले खाद्य स्वच्छता कायम गर्न व्यपारी र उपभोक्ता दुवै सचेत हुनु पर्नेमा जोड दिए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख भागिरथ यादव, उपभोक्ता मञ्चका महासचिव शुत्रघ्न देव, उद्योग वाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, पशु ज्ञान केन्द्रका प्रमुख प्रमेश्वर यादव, डिएसपी भावेश रिमाल, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले खाद्य वस्तुमा स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ तथा सुविधा कायम राख्न बाञ्छनिय भएको भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
खाद्य स्वच्छताका लागि सचेतना
सारांश
- जिल्लामा संचालित होटल, रेष्टुराँ, किराना पसल संचालक तथा पशुपालक र कृषक प्रतिनिधिलाई उपभोक्ताले स्वच्छ खानेकुरा उपयोग गर्न पाउन तथा खाद्य ऐनमा भएका मुख्य प्रावधान र खाद्यान्न नियमावलीमा भएका व्यवस्थाबारे जानकरी गराउने उदेश्यले बिहिवार एक कार्यक्रमको आयोजना गरी सचेतना प्रदान गरेको हो ।
- डिभिजन प्रमुख सुरेश प्रसाद सिंहले खाद्य स्वच्छता, पशु र विरुवा स्वस्थ्यता प्रभावकारी ढंगले कार्यान्वयन र कायम गर्न सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया मार्फत सचेतना फैलाउने प्रयास गरिएको बताए ।
- कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका प्रमुख विपिन ठाकुरले खाद्य ऐन तथा खाद्य नियमावलीमा भएका व्यवस्था बारे विस्तारपूर्वक जानकारी गराउँदै खाद्य पदार्थ आयात निर्यात गर्दा सम्बन्धित कार्यालयबाट प्रमाणिकरण गराउन व्यवसायीहरुलाई सुझाव पनि दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
प्रतिक्रिया
० प्रतिक्रिया