पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली

राजविराज राजविराज
|
बिहिबार, बैशाख १८, २०८२
|
|
१७ पटक हेरिएको
Shares
पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन  बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली

सारांश

  •     उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले सप्तरीको राजविराजमा बिहीबार आयोजना गरेको “स्थानिय सरकार, मधेश प्रदेश सरकार पर्यटन व्यवसायी र सरोकारबालाबीचको बैठक तथा अन्तरक्रिया अवलोकन एवं प्रचारप्रसार कार्यक्रम” मा बोल्दै मन्त्री अलीले यस्तो कुरा बताएका हुन् ।
  •       उनले मधेश प्रदेशको ८ वटै जिल्लामा पर्यटन विकास गर्न सरकारले काम गरिरहेको जानकारी दिदै भने, “पर्यटन ऐन र नियमावली बनिसकेको छ र छिट्टै पर्यटन बोर्डको गठन हुदैछ ।
  • ”      मधेश सरकारले ८ वटै जिल्लामा पर्यटन विकासका लागि ऐतिहासिक तथा धार्मिक महत्व बोकेका स्थलहरुको संरक्षण सम्वद्र्धृनका लागि विगतमा पनि बजेट दिएको र आउदो आर्थिक बर्षमा समेत बजेट विनियोजन गर्ने उनको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख । 

    मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री शकिल अलि मियाँले मधेश प्रदेशमा पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन ऐन आईसकेकोले अव सरकारले छिट्टै नियमावली ल्याएर बोर्ड गठन गर्ने र यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने बताएका छन् ।
    उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले सप्तरीको राजविराजमा बिहीबार आयोजना गरेको “स्थानिय सरकार, मधेश प्रदेश सरकार पर्यटन व्यवसायी र सरोकारबालाबीचको बैठक तथा अन्तरक्रिया अवलोकन एवं प्रचारप्रसार कार्यक्रम” मा बोल्दै मन्त्री अलीले यस्तो कुरा बताएका हुन् । 
    उनले मधेश प्रदेशको ८ वटै जिल्लामा पर्यटन विकास गर्न सरकारले काम गरिरहेको जानकारी दिदै भने, “पर्यटन ऐन र नियमावली बनिसकेको छ र छिट्टै पर्यटन बोर्डको गठन हुदैछ ।” 
    मधेश सरकारले ८ वटै जिल्लामा पर्यटन विकासका लागि ऐतिहासिक तथा धार्मिक महत्व बोकेका स्थलहरुको संरक्षण सम्वद्र्धृनका लागि विगतमा पनि बजेट दिएको र आउदो आर्थिक बर्षमा समेत बजेट विनियोजन गर्ने उनको भनाई थियो ।
    सरकारको एकल प्रयासबाट मात्र पर्यटन विकास सम्भव नहुने भन्दै उनले यसमा निजी क्षेत्र तथा सरोकारवाराला सबैको सहयोग आवश्यक रहेको बताए । 
    नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पुर्व सिंचाईमन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाका पुर्व मेयर शैलेश चौधरी लगायतले सप्तरीको एतिहासिक तथा धार्मिक महत्व बोकेका स्थलहरुको प्रचारप्रसार, संरक्षण, सम्वद्र्धन तथा विकासमा तिनै तहका सरकारले योगदान दिनु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई फरार प्रतिवादी पक्राउ
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति
मिटर ब्याजको चपेटमा क्षेत्री दम्पत्ति
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
भैंसीलाई पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा 
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
कुहिएको बदाम ड्रिङ्स फेला 
कुहिएको बदाम ड्रिङ्स फेला 
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
कर्तब्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा रहेका प्रदेशसभा सदस्य यादव धरौटीमा रिहा
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी 
सप्तरी उवासंघमा दास र अग्रवालको  सूमहले दिए उम्मेदवारी