तिलाठी कोइलाडीमा सतप्रतिशत  किशोरी विद्यालय भर्ना

राजविराज राजविराज
|
बिहिबार, जेठ ९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
तिलाठी कोइलाडीमा सतप्रतिशत  किशोरी विद्यालय भर्ना

सारांश

  •     दातृ निकाय युनिसेफको सहयोग, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजना तथा तिलाठी कोइलाडी गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकाको समन्वयमा उक्त किशोरी शिक्षा कार्यक्रम संचालित भएको हो ।
  •       संचालित किशोरी शिक्षा कार्यक्रम अन्तरगत तिलाठी कोइलाडी गाउँपालिकामा विद्यालय बाहिर रहेका १० वर्षदेखी १४ वर्षसम्मका २ सय २८ किशोरीहरुलाई १० वटा केन्द्रमार्फत अनौपचारिक शिक्षा प्रदान गरि सबै किशोरीहरु विद्यालय भर्ना भएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
  •        यस्तै डाक्नेश्वरी नगरपालिकामा २ सय ४६ मध्ये २ सय ३७, छिन्नमस्ता गाउँपालिकामा २ सय ३४ मध्ये २ सय २५ र राजविराज नगरपालिकामा २ सय ४४ मध्ये २ सय २६ जना किशोरीहरु विद्यालय भर्ना भएको बिहीबार राजविराजमा आयोजित समिक्षा बैठकमा सो जानकारी दिइएको हो ।

दैनिक समाचारदाता
राजविराज, ९ जेठ ।
    सप्तरीको चार स्थानिय तहमा संचालित किशोरी शिक्षा कार्यक्रम अन्तरगत ९ सय ५१ किशोरी मध्ये ८ सय ८७ किशोरीहरु विद्यालय भर्ना भएका छन् । जसमध्ये जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा सतप्रतिशत किशोरीहरु विद्यालय भर्ना भएका छन् ।
    दातृ निकाय युनिसेफको सहयोग, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजना तथा तिलाठी कोइलाडी गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकाको समन्वयमा उक्त किशोरी शिक्षा कार्यक्रम संचालित भएको हो । 
    संचालित किशोरी शिक्षा कार्यक्रम अन्तरगत तिलाठी कोइलाडी गाउँपालिकामा विद्यालय बाहिर रहेका १० वर्षदेखी १४ वर्षसम्मका २ सय २८ किशोरीहरुलाई १० वटा केन्द्रमार्फत अनौपचारिक शिक्षा प्रदान गरि सबै किशोरीहरु विद्यालय भर्ना भएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । 
     यस्तै डाक्नेश्वरी नगरपालिकामा २ सय ४६ मध्ये २ सय ३७, छिन्नमस्ता गाउँपालिकामा २ सय ३४ मध्ये २ सय २५ र राजविराज नगरपालिकामा २ सय ४४ मध्ये २ सय २६ जना किशोरीहरु विद्यालय भर्ना भएको बिहीबार राजविराजमा आयोजित समिक्षा बैठकमा सो जानकारी दिइएको हो । 
    सोही बैठकमा अनौपचारिक शिक्षा लिएका बाँकी ६४ जना किशोरीहरु विभिन्न आन्तरिक कारणले विद्यालय भर्ना हुन सकेको जानकारी दिइएको छ ।
    ४० सहयोगि कार्यकर्ता र ४ सुपरभाइजहरुले ति किशोरीहरुलाई किशोरी शिक्षा सम्बन्धी आधारभुत तथा पुनरताजगी तालिम दिइएको तथा ९ सय १५ जना किशोरीहरले शिक्षा पुरा गरेको युनिसेफका किशोरी शिक्षा कार्यक्रम व्यवस्थापक रुपक पाण्डेले जानकारी दिएका छन् ।
    शिक्षामा बालिकाहरुको पहुँच कार्यक्रम अन्तरगत युनिसेफले सन् २०१८÷१९ मा प्रदेश २ का पाँच जिल्लामा सो कार्यक्रम ९ महिना संचालन गरेको थियो । जसको मुल लक्ष्य किशोरीहरुको शिक्षाको अधिकारलाई सुनिश्चित गरि औपचारिक शिक्षाको मुलधारमा ल्याउनु रहेको युनिसेफका प्रदेश २ की शिक्षा कार्यक्रम अधिकृत बिमला मानन्धरले बताईन् । आधारभुत शिक्षा लिइसकेपछि किशोरीहरुलाई उनीहरुको सक्षमताका आधारमा कक्षा ३ देखी ५ कक्षामा भर्ना गरिएको उनले बताईन् । 
    सामाजिक संस्था जिल्ला समनवय समिति पर्साका इब्राहिक देवानको अध्यक्षतामा तथा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्य आयोजित समिक्षा बैठकमा युनिसेफका प्रदेश २ की शिक्षा कार्यक्रम अधिकृत बिमला मानन्धर, कार्यक्रम व्यवस्थापक रुपक पाण्डे, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साह, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, किशोरी शिक्षा कार्यक्रमसँग आवद्ध सम्पूर्ण सहयोगि कार्यकर्ता र सुपरभाइजर तथा किशोरीहरु लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ