गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड

राजविराज राजविराज
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड

सारांश

  •     गणतन्त्र दिवसको अवसरमा ¥याली, कोणसभा लगायतका कार्यक्रमको आयोजना गरिएको हो ।
  • जिल्ला समन्वय समिति सप्तरीको अगुवाईमा निकालिएको ¥याली राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्रको परिकक्रमा गर्दै गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
  •     कोणसभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले गणतन्त्रलाई संस्थागत गर्न तीनै तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।

    राजविराजमा १८ औं गणतन्त्र दिवस बिहीबार विविध कार्यक्रम गरि मनाइएको छ ।
    गणतन्त्र दिवसको अवसरमा ¥याली, कोणसभा लगायतका कार्यक्रमको आयोजना गरिएको हो । जिल्ला समन्वय समिति सप्तरीको अगुवाईमा निकालिएको ¥याली राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्रको परिकक्रमा गर्दै गजेन्द्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
    कोणसभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले गणतन्त्रलाई संस्थागत गर्न तीनै तहको सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
    उनले आम सर्वसाधारण जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको गुनासोे गर्दै व्यवस्था बदलिएपछि जनताको दैनिकीमा पनि परिवर्तन आउनु अपरिहार्य रहेको बताए ।
    “जनताको जिवनमा परिवर्तन ल्याउन गणतन्त्रलाई संस्थागत गनुपर्छ र यसका लागि तीनै तहको सरकार जिम्मेवार बन्नुपर्छ” साहले भने ।
    राजविराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परवीनले गणतन्त्रको उपलब्धीलाई तल्लो तहसम्म पु¥याए मात्र यसप्रति सबैको अपनत्व बढने बताईन् । रुपनी गाउपालिका अध्यक्ष दिनेश कुमार यादवले गणतन्त्रलाई संस्थागत गर्न काम गरिरहेको बताए ।  
    उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदा सम्ममा गणतन्त्र संस्थागत गर्नमामा चुनौती रहेको उल्लेख गरे । 
    जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवले संविधान अनुसारको अधिकार प्रदेश र स्थानिय तहले अहिले सम्म नपाएको कारण गणतन्त्र संस्थागत हुन नसेकेको बताए । उनले संविधान अनुसार तीनै तहका सरकारले अधिकार प्राप्त गरे गणतन्त्रका संस्थागत हुने विश्वास व्यक्त गरे । 
    कोण सभामा युवा नेता गजेन्द्र मण्डलले अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै गणतन्त्र संस्थागत हुन नसक्ने र ,जनताको अपेक्षा पूरा गर्न नसकिने बताए । उनले तीनै तहको सरकारले आ(आफ्नो दायित्व पूरा गर्न नसेकेकै कारण समस्या देखिएको तर्क गरे । 
    “गणतन्त्रलाई संस्थागत गर्न तीन तहको सरकारबीचको अधिकार बाँडफाँडमा केन्द्र सरकारले हस्तक्षेप गर्नु हुँदैन” नेता मंडलले भने । 
    जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहको अध्यक्षतामा आयोजित कोणमा प्रमुख जिल्ला अधिकारी भोेला दहाल, सप्तरी प्रहरी प्रमुुख ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणि पौडेल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली सहितको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
आगो लगाएर फरार रहेका यादव दम्पत्ति पक्राउ
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
जेसीजद्वारा विभिन्न क्षेत्रका पाँच जना सम्मानित
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सशस्त्र प्रहरीद्वारा चिसोबाट जोगिन विपन्न वस्ती मै पुगेर कम्बल वितरण
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
सीके राउतद्वारा “जनमत पार्टी” खोल्ने घोषणा
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन तीनै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन तीनै तहका सरकार गम्भिर हुनुपर्नेमा जोड