करेन्ट लागेर यूवकको मृत्यु

राजविराज राजविराज
|
आइतबार, श्रावण १८, २०८२
|
|
१८ पटक हेरिएको
Shares
करेन्ट लागेर यूवकको मृत्यु

सारांश

  •     घरमै मोटर जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा २२ वर्षिय मुकेश कुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
  •       मोटरबाट लिक भएको करेन्टले झड्का दिएपछी अचेत भएका साहलाई उपचारका लागी अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
  •       मृतकको शव पोष्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन । 

    सप्तरीको राजगढ गाउँपालिका ४ निवासी एक यूवकको आईतवार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । 
    घरमै मोटर जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा २२ वर्षिय मुकेश कुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए । 
    मोटरबाट लिक भएको करेन्टले झड्का दिएपछी अचेत भएका साहलाई उपचारका लागी अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । 
    मृतकको शव पोष्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?