मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण

राजविराज राजविराज
|
सोमबार, भाद्र ९, २०८२
|
|
४७ पटक हेरिएको
Shares
मधेस प्रदेश सरकारद्वारा सुरक्षा  निकायलाई सवारी साधन हस्तान्तरण

सारांश

  •     मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसंधानका प्रदेश तथा विभिन्न जिल्ला स्थित रहेको कार्यालयहरुलाई चारपाँग्रे तथा दुई पाँग्रे गरी २६ थान सवारी साधन उपलब्ध गराएको हो ।
  •       मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सुरक्षा निकायका प्रमुखहरुलाई एक कार्यक्रमको बिच सो सवारी साधनहरु हस्तान्तरण गर्दै देश र जनताको शान्ति सुरक्षा, सुव्यवस्थाका लागि अहोरात्र खटिने सुरक्षा निकायले श्रोत र साधनको अभावमा हामीले चाहे जस्तो सेवा दिन नसक्ने बताउदै सुरक्षा निकायहरूलाई सवारी साधन उपलब्ध गराएको बताए ।
  •     उनले प्रदेशका ८ वटै जिल्ला स्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका ईलाका प्रहरी कार्यालयहरुलाई केही दिन भित्रै एक÷एक थान चारपाँग्रे सवारीसाधन उपलब्ध गराउने जानकारी दिए ।

दैनिक समाचारदाता
जनकपुर, ९ भदौ । 

    मधेस प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश स्थित रहेका सुरक्षा निकायका कार्यालयहरुलाई सवारी साधन उपलब्ध गराएको छ ।
    मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसंधानका प्रदेश तथा विभिन्न जिल्ला स्थित रहेको कार्यालयहरुलाई चारपाँग्रे तथा दुई पाँग्रे गरी २६ थान सवारी साधन उपलब्ध गराएको हो । 
    मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सुरक्षा निकायका प्रमुखहरुलाई एक कार्यक्रमको बिच सो सवारी साधनहरु हस्तान्तरण गर्दै देश र जनताको शान्ति सुरक्षा, सुव्यवस्थाका लागि अहोरात्र खटिने सुरक्षा निकायले श्रोत र साधनको अभावमा हामीले चाहे जस्तो सेवा दिन नसक्ने बताउदै सुरक्षा निकायहरूलाई सवारी साधन उपलब्ध गराएको बताए ।
    उनले प्रदेशका ८ वटै जिल्ला स्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका ईलाका प्रहरी कार्यालयहरुलाई केही दिन भित्रै एक÷एक थान चारपाँग्रे सवारीसाधन उपलब्ध गराउने जानकारी दिए ।
    गृह मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद वरालका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई १ थान पिकअप गाडी  र २१ थान बजाज कम्पनीको डिस्कभर मोटरसाइकल हस्तान्तरण गरिएको छ । 
    यस्तै राष्ट्रिय अनुसंधान कार्यालय सप्तरी र रौतहटलाई एक एक थान पिकअप गाडी उपलब्ध गराइएको छ भने राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरी र धनुषालाई एक एक थान इलेक्ट्रीकल (इभी) उपलब्ध गराइएको हो ।
    सवारी साधन हस्तान्तरण कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख, डिआइजी उमा प्रसाद चतुर्वेदी, राष्ट्रिय अनुसन्धान कार्यालय मधेस प्रदेशका प्रतिनिधि, सशस्त्र प्रहरी बलका बाहिनिपती कृष्ण प्रसाद ढकाल लगायत प्रमुख जिल्ला अधिकारीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
सात हजार ४ सय ६९ गाँजाको  बोट फडानी गरि नष्ट
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
स्व. सिंहको स्मृति दिवस मनाइयो  
स्व. सिंहको स्मृति दिवस मनाइयो  
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
स्वविय सभापतिका लागि मविव क्याम्पस राजविराजमा सात जनाको उम्मेदवारी
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
दलित तथा अल्पसंख्यक विपन्न वर्गको उत्थान तथा रोजगारीको ग्यारेन्टी माग गर्दै प्रदर्शन
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी