हावाहुरीबाट एघार व्यक्तिको घरमा क्षति 

राजविराज राजविराज
|
शुक्रबार, जेठ १७, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ती ११ व्यक्तिको हावाहुरीका कारण सात लाख मुल्य बराबरको क्षति भएको छ ।
  •       सप्तरीको बोदेबर्साईन नगरपालिका ७ बर्साईन टोलका विरजु मण्डल, चन्देश्वर प्रसाद यादव, बिरेन्द्र प्रसाद साह, संजिव मण्डल, श्रवण साह, राधादेवी साह, सूर्यनारायण साह, निरसीदेवी साह, रुपनी गाउँपालिका ५ बसबिट्टीका शिवनारायण खंग र महदेवा गाउँपालिका १ पकरीका शिवनरायण यादवको घरमा क्षति पुगेको हो ।
  •       ती व्यक्तिहरुको घरको छाना तथा घर भित्र रहेको अन्नपात समेत हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १७ जेठ । 
    बिहीबार राती आएको हावाहुरीका कारण सप्तरी जिल्लाको बिभिन्न स्थानका ११ व्यक्तिको घरको छाना उडाउँदा लाखौंको धनमालको क्षति भएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ती ११ व्यक्तिको हावाहुरीका कारण सात लाख मुल्य बराबरको क्षति भएको छ । 
    सप्तरीको बोदेबर्साईन नगरपालिका ७ बर्साईन टोलका विरजु मण्डल, चन्देश्वर प्रसाद यादव, बिरेन्द्र प्रसाद साह, संजिव मण्डल, श्रवण साह, राधादेवी साह, सूर्यनारायण साह, निरसीदेवी साह, रुपनी गाउँपालिका ५ बसबिट्टीका शिवनारायण खंग र महदेवा गाउँपालिका १ पकरीका शिवनरायण यादवको घरमा क्षति पुगेको हो ।  
    ती व्यक्तिहरुको घरको छाना तथा घर भित्र रहेको अन्नपात समेत हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?