असोज २२ देखी सप्तरी महोत्सव हुँदै

राजविराज राजविराज
|
आइतबार, भाद्र २२, २०८२
|
|
२१ पटक हेरिएको
Shares
असोज २२ देखी सप्तरी महोत्सव हुँदै

सारांश

  •     शनिबार सप्तरी उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि यस पटक “सप्तरीको विकास हाम्रो प्रतिबद्धता” नाराका साथ आगामी असोज २२ देखी संचालन हुने जानकारी गराएको छ ।
  •       पत्रकार सम्मेलनमा संघका अध्यक्ष लालुप्रसाद अग्रवालले आर्थिक मन्दी, कोरोना लगायत विभिन्न कारणले रोकिएको महोत्सव पुनः असोज २२ देखी कात्तिक ६ गतेसम्म भब्य र सभ्य ढंगले संचालन गर्ने गरि आवश्यक तयारी सुरु गरिएको जानकारी दिए ।
  •       आर्थिक मन्दीका कारण समस्या झेलिरहेका सप्तरीका व्यापार, व्यवसाय र कलकारखानाको अवस्था उकास्न, स्थानीय स्तरका उत्पादनको बजारीकरण गर्न, व्यापार प्रवद्र्धन गर्न तथा पर्यटन विकास र जिल्लाको आर्थिक सम्बृद्धिका लागि महोत्सव आयोजना गर्न लागिएको बताए ।

    राजविराज÷आठ वर्षपछी राजविराजमा सप्तरी महोत्सव हुँदैछ । उद्योग बाणिज्य संघ सप्तरीको आयोजनामा असोज २२ गदेखी सो महोत्सव हुँदैछ । 
    पछिल्लो पटक २०६८ सालमा प्रथम र २०७४ सालमा दोश्रो सप्तरी महोत्सवको आयोजना भएको थियो ।  
    जिल्लाको उद्योग, पर्यटन, व्यापार, व्यवसाय र स्थानीय बस्तुको प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको महोत्सव आठ वर्षपछी आयोजना गर्न सप्तरी उद्योग बाणिज्य संघ जुर्मुराएका हो । 
    शनिबार सप्तरी उद्योग बाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गरि यस पटक “सप्तरीको विकास हाम्रो प्रतिबद्धता” नाराका साथ आगामी असोज २२ देखी संचालन हुने जानकारी गराएको छ । 
    पत्रकार सम्मेलनमा संघका अध्यक्ष लालुप्रसाद अग्रवालले आर्थिक मन्दी, कोरोना लगायत विभिन्न कारणले रोकिएको महोत्सव पुनः असोज २२ देखी कात्तिक ६ गतेसम्म भब्य र सभ्य ढंगले संचालन गर्ने गरि आवश्यक तयारी सुरु गरिएको जानकारी दिए । 
    आर्थिक मन्दीका कारण समस्या झेलिरहेका सप्तरीका व्यापार, व्यवसाय र कलकारखानाको अवस्था उकास्न, स्थानीय स्तरका उत्पादनको बजारीकरण गर्न, व्यापार प्रवद्र्धन गर्न तथा पर्यटन विकास र जिल्लाको आर्थिक सम्बृद्धिका लागि महोत्सव आयोजना गर्न लागिएको बताए । 
    स्थानीय राजरंगशाला खेल मैदानमा आयोजना हुने महोत्सवमा आवश्यक सुविधासहित कृषि उत्पादन, उपकरण, हस्तकला, दुधजन्य परिकार र विभिन्न जाति समुदायका फुडका गरि कुल १ सय ७० वटा स्टल रहने छन् । 
    महोत्सवमा कलासंस्कृति झल्कने कार्यक्रम एवं बस्तुको प्रदर्शनी समेत हुने छ । १० करोड रुँपैया बराबरको कारोबार गर्ने लक्ष्यका साथ सुरु हुने महोत्सव अवधीभर करिब ४ लाख भन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकले अवलोकन गर्न आउने अनुमान गरिएको अधयक्ष अग्रवालले बताए । 
    पत्रकार सम्मेलनमा संघका महासचिव अमृत संचेतीले ओझोलमा परेका सप्तरीको पर्यटक स्थलहरुको प्रचार र प्रसारका लागि पनि महोत्सवको आयोजन ागर्न लागिएको बताए । 
    महोत्सवमा प्रवेश शुल्क १ सय देखी ३ सय रुँपैयासम्म हुने तथा प्रत्येक प्रवेश शुल्क टिकटमा कुनै न कुनै उपहार प्रदान गरिने उनले बताए । उनले महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारका सथै मित्रराष्ट्र भारतका समेत चर्चित कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने जानकारी दिए । 
    महोत्सवको सहआयोजकमा जिल्लाका १८ वटै पालिका तथा सहयोगि संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय, पत्रकार महासंघ सप्तरी, सबै राजनैतिक दल र संघसंस्था रहेका छन् ।
    यस्तै प्रवद्र्धकका रुपमा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय र प्रदेश कार्यालय रहेको आयोजक सप्तरी उद्योग बाणिज्य संघले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
छिन्नमस्तामा धर्ना कै बीचमा सामाजिक सुरक्षा भत्ता बितरण
जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
तिलाठीमा विश्व वातावरण दिवसमा वृक्षारोपण
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
छठ पर्वका लागि सफाइ गर्न थलियो जलाशय,  छठ पर्व अन्तरगत आज ‘नहाय खाय’ 
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो 
एकै रात आधा दर्जन घरमा चोरी 
एकै रात आधा दर्जन घरमा चोरी 
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द
चिसो बढेपछि दाउरा बाड्दै वन र गाउँपालिका, सप्तकोशीका सबै विद्यालय बन्द