दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
राजविराजस्थित विभिन्न मन्दिर तथा जलाशयको सरसफाई गर्दै प्रहरीले ७०औं स्थापना दिवस मनाएको छ ।
आउनै लागेको दिपावली र छठपर्व समेतलाई लक्षित गरी प्रहरीले राजविराजका मठ–मन्दिर र जलाशयहरुको सरसफाई अभियान थालेको हो ।
७०औं प्रहरी दिवसको अवसर पारेर बिहीबार राजविराजस्थित चण्डी भगवती मन्दिरको हाताभित्र रहेको भगवती पोखरीका साथै भगवती मन्दिर, हरिनन्देश्वर महादेव मन्दिर र हनुमान मन्दिर परिसरको सरसफाई गरेका छन् ।
अभियानका संयोजक एवं मधेश प्रदेश प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजविराजका बरिष्ठ प्रहरी उपरीक्षक भिम दाहालले नजिकिएको तिहार तथा छठपर्वलाई लक्षित गरी यसपल्ट नगरका जलाशय र मठ मन्दिरको सरसफाई गरी ७०औं प्रहरी दिवस मनाउन लागिएको बताए ।
लक्ष्मी पुजा र छठपर्वका बेला मन्दिर र जलाशय किनारहरुमा भक्तजनको अत्याधिक भीडभाड हुने गरेको र प्रहरीले सरसफाईमा सघाएपछि भक्तजनलाई सहज हुने हरिनन्देश्वर महादेव मन्दिरका मुल पुजारी महेश्वर भारतीले भने ।
सरसफाई अभियानमा तालिम केन्द्रका महिला र पुरुष गरी तीन सय सुरक्षाकर्मी खटाइएको मधेश प्रदेश तालिम केन्द्रले जनाएको छ ।
मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
सारांश
- आउनै लागेको दिपावली र छठपर्व समेतलाई लक्षित गरी प्रहरीले राजविराजका मठ–मन्दिर र जलाशयहरुको सरसफाई अभियान थालेको हो ।
- ७०औं प्रहरी दिवसको अवसर पारेर बिहीबार राजविराजस्थित चण्डी भगवती मन्दिरको हाताभित्र रहेको भगवती पोखरीका साथै भगवती मन्दिर, हरिनन्देश्वर महादेव मन्दिर र हनुमान मन्दिर परिसरको सरसफाई गरेका छन् ।
- अभियानका संयोजक एवं मधेश प्रदेश प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजविराजका बरिष्ठ प्रहरी उपरीक्षक भिम दाहालले नजिकिएको तिहार तथा छठपर्वलाई लक्षित गरी यसपल्ट नगरका जलाशय र मठ मन्दिरको सरसफाई गरी ७०औं प्रहरी दिवस मनाउन लागिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया