लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा

राजविराज राजविराज
|
आइतबार, कार्तिक १६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
लालपूर्जाको माग गर्दै राजविराजवासी  पुनः आन्दोलनको तयारीमा

सारांश

  •     यस अघि चार चरणको आन्दोलन गरिसकेका नगरवासीले अझै माग पुरा नभएपछि पाचौ चरणको आन्दोलनमा जाने तयारी थालेका हुन् ।
  •     आइतबार जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित अवस्थामा) भिमराज यादव, संघर्ष समितिका संयोजक इरसाद अन्सारी, संघर्ष समितिका वार्ता टोली सदस्य शम्भुलाल देव लगायतको अगुवाईमा बसेको बैठकले पाचौं चरणका आन्दोलनमा जाने निर्णय गरेको छ ।
  •       यसका लागि आउदो शनिबार नगरवासीको बृहत भेला बस्ने र सोही भेलाबाट पाचौ चरणको आन्दोलन कार्यक्रम तय गरिने निर्णय भएको बैठकमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक । 

    दशकौंदेखी ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित राजविराज नगरवासी पुनः आन्दोलनको तयारीमा जुटेका छन् ।
    यस अघि चार चरणको आन्दोलन गरिसकेका नगरवासीले अझै माग पुरा नभएपछि पाचौ चरणको आन्दोलनमा जाने तयारी थालेका हुन् ।
    आइतबार जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित अवस्थामा) भिमराज यादव, संघर्ष समितिका संयोजक इरसाद अन्सारी, संघर्ष समितिका वार्ता टोली सदस्य शम्भुलाल देव लगायतको अगुवाईमा बसेको बैठकले पाचौं चरणका आन्दोलनमा जाने निर्णय गरेको छ । 
    यसका लागि आउदो शनिबार नगरवासीको बृहत भेला बस्ने र सोही भेलाबाट पाचौ चरणको आन्दोलन कार्यक्रम तय गरिने निर्णय भएको बैठकमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहले जानकारी दिए । 
    यसअघि ब्लक, बिटोरी जग्गाको आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा बिटौरी जग्गाको लालपूर्जा वितरणका लागि अविलम्ब पहल गर्ने सहमति भएको थियो । तर सो सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै नगरवासी पुनः आन्दोलित भएका हुन् । 
    बि.स. २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बञ्चित रहेका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
कोईलाडी र मन्सापुर बिजयी
कोईलाडी र मन्सापुर बिजयी
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय