करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
१९ पटक हेरिएको
Shares
करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो

सारांश

  •     शुक्रबार उद्योग बाणिज्य संघको अगुवाईमा गत कात्तिक २२ गतेबाट संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाउन जिम्मा लगाईएको हो ।
  •       करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा हस्ताक्षर संकलन गरिएको पाँच हजार भन्दा बढी हस्ताक्षर प्रधानमन्त्रीलाई शुशीला कार्कीलाई पठाईएको उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेतीले जानकारी दिए ।
  •     हातमा कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय पुगेका संघका पदाधिकारीले हस्ताक्षर गरिएको तुल बुझाएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक । 

    सरकारले नेपालभरि ३८ वटा करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेपछी राजविराजस्थित करदाता सेवा कार्यालय नसार्न हस्ताक्षर संकलन गरि प्रधानमन्त्रीलाई पठाउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाइएको छ । 
    शुक्रबार उद्योग बाणिज्य संघको अगुवाईमा गत कात्तिक २२ गतेबाट संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाउन जिम्मा लगाईएको हो । 
    करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा हस्ताक्षर संकलन गरिएको पाँच हजार भन्दा बढी हस्ताक्षर प्रधानमन्त्रीलाई शुशीला कार्कीलाई पठाईएको उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेतीले जानकारी दिए ।
    हातमा कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय पुगेका संघका पदाधिकारीले हस्ताक्षर गरिएको तुल बुझाएका हुन् । करदाता सेवा कार्यालय सार्न लागेको बिरोधमा सप्तरी उद्योग बाणिज्य संघले निरन्तर आन्दोलन गर्दै आएको छ । 
    यसअघि हस्ताक्षर संकलनका साथै धर्ना दिदैं आएको संघले शनिबार हातमा कालोपट्टी बाँधेर कारोबार गर्ने भएका छन् । सोही दिन दिउँसो ३ बजे भेला भई कालोपट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय भएको सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रबालले जानकारी दिए ।
    आन्दोलन अन्तर्गत ३० गते आईतबार बिहान १० देखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम समेत तय भएको उनले बताए । 
    संघका अध्यक्ष अग्रवालले जिल्लामा ७० हजारभन्दा बढी करदाता रहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
सर्वोच्च अदालतले खारेज ग¥यो निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय 
प्रदेश र संघीय सरकारलाई ६ बुँदे ज्ञापन
प्रदेश र संघीय सरकारलाई ६ बुँदे ज्ञापन
अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण  छ ः मुख्य न्यायाधिश ज्ञवाली
अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण  छ ः मुख्य न्यायाधिश ज्ञवाली
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
विष्णुपुरका अध्यक्ष अख्तियारको नियन्त्रणमा
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
बुहारी हत्याको आरोपमा पक्राउ परेका सासु ससुरामाथी मुद्दा चलाइयो
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
¥याली तथा विचार आदान प्रदान कार्यक्रम गरि नारी दिवस मनाइयो
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी
जन्तीका वासका लागि कोठा नदिएको  निहुँमा पसल जलाइएको भन्दै उजुरी