विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल

राजविराज राजविराज
|
शुक्रबार, जेठ २४, २०७६
|
|
१७ पटक हेरिएको
Shares
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल

सारांश

  •     राजविराज वडा नं.
  • ९ मलेठमा सहिद स्तम्भको शुक्रबार शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
  •       संविधान सुंशोधन गरि मधेशीको अधिकार स्थापित गराउने र प्रदेश २ लाई समृद्ध प्रदेश बनाउन दुबै लक्ष्य प्राप्ति नभएसम्म लडाई जारि नै रहने बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ जेठ । 
    प्रदेश २ का भौतिक पूर्वाधार तथा योजना मन्त्री जितेन्द्र सोनलले प्रदेशको विकाससँग सँगै मधेशको अधिकार स्थापित र संविधान संशोधनको लडाई समेत जारि रहेको बताएका छन् । 
    राजविराज वडा नं. ९ मलेठमा सहिद स्तम्भको शुक्रबार शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 
    संविधान सुंशोधन गरि मधेशीको अधिकार स्थापित गराउने र प्रदेश २ लाई समृद्ध प्रदेश बनाउन दुबै लक्ष्य प्राप्ति नभएसम्म लडाई जारि नै रहने बताए । उनले अहिले स्वरुप मात्रै फेरिएको जनाउँदै समय र संघीय सरकारको व्यबहार अनुसार आन्दोलनको स्वरुप पनि फेरिदै जाने उल्लेख गरे ।
    अढाई वर्षअघि तत्कालिन एमाले पार्टीले थालेको मेची–माहाकाली जागरण अभियानका क्रममा प्रहरीको गोली लागेर मलेठमा पाँच जना मधेशी सपुतले शहादत प्राप्त गरेको घटना उनले स्मरण गरे । उनले प्रदेश मन्त्री परिसद्को पहिलो बैठकले नै मधेश आन्दोलनका शहिदका परिवारलाई रोजगारी दिने निर्णय गरेको स्मरण गर्दै उक्त निर्णय कार्यान्वयनमा आइसकेको तथा आन्दोलनका घाइतेहरुलाई पनि प्रदेशमा उपलब्ध स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा उपलब्ध गराउँदै गरेको बताए । 
    मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका गजेन्द्र नारायण सिंह र गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको योगदानको उच्च कदर गर्दै प्रदेश २ का सबै आठ वटै जिल्ला सदरमुकाममा ती नेताद्वयको स्मारक बनाउँने प्रदेश सरकारले निर्णय गरेको उनले सुनाए । 
    राजविराज–जनकपुर र बिरगंज–जनकपुर सम्म सस्तो र सहज यात्राका लागि प्रदेश सरकारले यसै वर्षदेखी प्रादेशिक बस सेवा संचालन गर्न लागेको उनले जानकारी समेत दिए । एक गाउँलाई अर्को गाउँ र एक नगरपालिकालाई अर्को नगरपालिकासँग जोड्न सडकहरुको बिस्तार तिब्र रुपमा अघि बढेको जानकारी दिँदै उनले प्रदेश २ का आठ वटै जिल्लामा दलित छात्रछात्राको शिक्षामा पहुँच बढाउन दलित छात्रावासको निर्माण काम पनि अघि बढिसकेको बताए । 
    लोकसेवा आयोगले हालै स्थानिय तहका लागि नयाँ कर्मचारी नियुक्त गर्न सार्वजनिक गरेको विज्ञापन संघीयताको मर्म विपरीत भएकोले त्यो अस्वीकार्य भएको भन्दै उक्त विज्ञापन अविलम्ब सच्याउनु पर्ने उनको भनाई थियो ।
    राजविराज नगरपालिकाका ९ मलेठका वडा अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य मनिष सुमन, राजपाका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, सहिद स्तम्भ निर्माण उपभोक्त समितिका अध्यक्ष रामचन्द्र यादवलगायतले पनि बोल्दै संघीय सरकारले प्रदेश सरकारको क्षेत्राधिकार मिच्दै गएको भन्दै अधिकारका लागि पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । 
    शुक्रबारै मन्त्री सोनलले राजविराजमा दलित छात्रावास, सिंचाईका लागि डिप बोरिङ्ग, बृद्धाआश्रम, सामुदायिक भवन लगायत ६ वटा विकास निर्माण कार्यको शिलान्यास गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
सप्तरीको पाँच पालिका महिलाले हाक्दै,  जसमध्ये चार कार्यवाहक प्रमुख
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
गत निर्वाचनमा पराजित उम्मेदवारहरु जित्दै, निर्वाचितहरु हार्दै 
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
राजविराज बसपार्क यथासिघ्र संचालनमा  ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
अज्ञात रोगले मर्न थाले पशुचौपाया 
अज्ञात रोगले मर्न थाले पशुचौपाया 
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
कैदीबन्दीलाई स्वास्थ्य सामग्री प्रदान
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह
सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह