मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो

सारांश

  •     जिल्ला कमिटिले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव माथि यस्तो आरोप लगाएका हुन् ।
  •       मलेठ घट्ना पछि ६ दल मिलेर बनेको राजपा र त्यसपछि उपेन्द्र यादव नेतृत्वको पार्टीसँग भएको एकिकरणको चर्चा गर्दै महतोले जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा गरेको बताए ।
  •     “२०७२ सालमा मलेठ घटना पश्चात् सप्तरीवासीको चाहना अनुसार ६ दल मिलेर बनेको राजपा र त्यसपश्चात् उपेन्द्र यादव नेतृत्वको पार्टी समेत एकीकरण हुँदा बनेको जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ग¥यो ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर । 

    राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्नो ३५ वर्षको राजनीतिक यात्रा र ब्यानर उपेन्द्र यादवले कब्जा गरेको आरोप लगाएका छन् । 
    जिल्ला कमिटिले शुक्रबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव माथि यस्तो आरोप लगाएका हुन् । 
    मलेठ घट्ना पछि ६ दल मिलेर बनेको राजपा र त्यसपछि उपेन्द्र यादव नेतृत्वको पार्टीसँग भएको एकिकरणको चर्चा गर्दै महतोले जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा गरेको बताए ।
    “२०७२ सालमा मलेठ घटना पश्चात् सप्तरीवासीको चाहना अनुसार ६ दल मिलेर बनेको राजपा र त्यसपश्चात् उपेन्द्र यादव नेतृत्वको पार्टी समेत एकीकरण हुँदा बनेको जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ग¥यो ।” अध्यक्ष महतोले भने, “एक दशकअघिको ७ पार्टी अहिले छिन्नभिन्न अवस्थामा पुगेको छ ।”
    आफु गजेन्द्र नारायण सिंहको चाहना अनुसार शासक वर्गसँग लड्न मधेश र पहाडका आदिवासी जनजातीलाई समेटेर राष्ट्रिय मुक्ति पार्टीको गठन गर्न बाध्य भएको उल्लेख गरे ।   
    विगतमा सरकार चलाएको एमाले, काँग्रेस र माओवादी लगायत ठुला दल फेरी सत्तामा पुगेर ब्रह्मलुट मचाउने दाउमा रहेको भन्दै उनीहरुबाट सावधान रहनुपर्ने कुरामा महतोले जोड दिए । 
    उनले विगतमा सरकारको नेतृत्व गर्दा ब्रह्मलुट मचाएर व्यापक भ्रष्टाचार गरेका दलहरु नै अहिले संसद पुनस्र्थापनाको ढोल पिटी रहेको टिप्पणी गर्दै यस्तो व्यवहारले जेनजी आन्दोलनको पनि अपमान हुने दावी गरे । 
    आफ्नै नेतृत्वको नेपाल राष्ट्रिय मुक्ति पार्टी विचार सहितको विकल्पका रुपमा अघि बढिरहेको दावीका साथ यसको विस्तारमा सबैले सहयोग गर्नुपर्ने उनको आग्रह थियो ।
    कार्यक्रममा पार्टीका महासचिव सन्तोष मेहता, सहमहासचिव गजेन्द्र कुमार मण्डल, राजनीतिक समिति सदस्य राजनाराण साह, जिल्ला संयोजक दीपेन्द्र चौधरी, नवप्रवेशी एवं स्व. गजेन्द्रनारायण सिंहका अनुयायी विकास तिवारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
नागरिक समाजले लोकतन्त्र मैत्री दबाव  आन्दोलन स्वरुपका लागि साइकल यात्रा गर्दै
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
समाचार संकलनमा रोक लगाएको भन्दै महासंघको गम्भिर ध्यानकर्षण
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत 
नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल 
नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल 
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
करेन्ट लागेर यूवकको मृत्यु
करेन्ट लागेर यूवकको मृत्यु
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह