दैनिक समाचारदाता
राजविराज, १ पुस ।
आन्तरिक राजश्व कार्यालय पुनःस्थापनाको माग गर्दै राजविराजमा पाँचौ दिन मंगलबार पनि रिले अनसन जारि छ ।
जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गत शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
यता गठित संघर्ष समितिको संयोजनमा जारि अनसनमा ऐक्यबद्धता जनाउदै बस्नेहरुको संख्या पनि दैनिक बढ्दै गएको छ ।
रिले अनसनको पाँचौ दिन मंगलबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधिका साथै मधेश प्रदेशका सांसद किरणकुमारी साह, पूर्व सिचाई मन्त्री उमेश कुमार यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता विकास तिवारीसमेत बसेका छन् ।
गत मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् ।
जनयुद्ध कालमा आन्तरिक राजश्व कार्यालय राजविराजबाट सिरहाको लहानमा सारिएको थियो । लामो सम्वादपछी बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित करदाता सेवा कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
पाँचौ दिन पनि रिले अनसन जारि
सारांश
- जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गत शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
- यता गठित संघर्ष समितिको संयोजनमा जारि अनसनमा ऐक्यबद्धता जनाउदै बस्नेहरुको संख्या पनि दैनिक बढ्दै गएको छ ।
- रिले अनसनको पाँचौ दिन मंगलबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधिका साथै मधेश प्रदेशका सांसद किरणकुमारी साह, पूर्व सिचाई मन्त्री उमेश कुमार यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता विकास तिवारीसमेत बसेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया